YouVersion लोगो
खोज आइकन

1 कोरिन्थी 14:1-12

1 कोरिन्थी 14:1-12 NCV

तिमीहरूले प्रेमलाई लक्ष्य बनाओ र आत्मिक वरदानहरूको उत्कट इच्छा गर; विशेष गरेर अगमवाणी बोल्नका लागि। किनकि जसले अज्ञात भाषामा बोल्दछ, उसले मानिसहरूसँग होइन, तर परमेश्‍वरसँग बोल्दछ। वास्तवमा उसले के भन्दैछ कसैले बुझ्दैन; उसले आत्माद्वारा परमेश्‍वरका रहस्यका कुराहरू बोल्दछ। तर जसले अगमवाणी गर्दछ, उसले मानिसहरूसँग बोल्दछ; उनीहरूको आत्मिक सुधार, उत्साह र सान्त्वनाको लागि बोल्दछ। जसले अज्ञात भाषामा बोल्दछ, उसले आफ्नो आत्मिक वृद्धि गर्छ; तर जसले अगमवाणी बोल्छ, उसले मण्डलीको आत्मिक वृद्धि गर्छ। तिमीहरू हरेकले अज्ञात भाषाहरूमा बोलेको म चाहन्छु, तर अज्ञात भाषाहरूभन्दा अझ बढी तिमीहरूले अगमवाणी बोलेको चाहन्छु। मण्डलीको आत्मिक वृद्धिका निम्ति कसैले अर्थ खोलिदिएन भने अज्ञात भाषाहरूमा बोल्ने व्यक्तिभन्दा अगमवाणी बोल्ने व्यक्ति श्रेष्‍ठ हो। अब दाजुभाइ-दिदीबहिनीहरू हो, यदि म तिमीहरूकहाँ अज्ञात भाषाहरूमा बोल्दैआएँ, तर तिमीहरूका बीचमा केही प्रकाश वा ज्ञान वा अगमवाणी वा शिक्षा मैले बताइनँ भने मबाट तिमीहरूका लागि के फाइदा हुनेछ र? बाँसुरी वा वीणाजस्ता निर्जीव वस्तुहरूले पनि धुन निकाल्छन्। तर यदि ती वस्तुहरू बज्दा भिन्‍नाभिन्‍नै धुन निस्केन भने के बजिरहेको छ, कसरी धुन छुट्ट्याउने? यदि तुरहीले पनि स्पष्‍ट धुन निकालेन भने युद्धको लागि को तयार हुने? तिमीहरूसँग पनि यही कुरा लागू हुन्छ। यदि तिमीहरूले अज्ञात भाषामा बुझ्न नसकिने शब्दहरूमा बोल्यौ भने तिमीहरूले के भनिरहेका छौ अरूले कसरी बुझ्ने? यसो गर्दा तिमीहरूले त हावामा बोलिरहेझैँ हुनेछौ। यो साँचो हो कि संसारमा धेरै किसिमका भाषाहरू छन्, तरै पनि तीमध्ये कुनै पनि भाषा अर्थविनाका छैनन्। यदि कसैले बोलेको भाषाको अर्थ मैले बुझ्न सकिनँ भने बोल्ने व्यक्तिको निम्ति म परदेशी ठहरिनेछु, र त्यो बोल्ने व्यक्तिचाहिँ मेरो निम्ति परदेशी ठहरिनेछ। तिमीहरूसँग पनि यही कुरा लागू हुन्छ। किनकि तिमीहरू आत्मिक वरदानहरूका निम्ति तिर्सना गर्दछौ, ती वरदानहरूमा श्रेष्‍ठता हासिल गर्ने प्रयत्न गर, जुन कुराले मण्डलीको उन्‍नति गराउँछ।

1 कोरिन्थी 14 पढ्नुहोस्