YouVersion लोगो
खोज आइकन

1 कोरिन्थी 12:14-20

1 कोरिन्थी 12:14-20 NCV

किनकि शरीर एउटा अङ्गले बनेको होइन, तर धेरै अङ्गहरूले बनेको हुन्छ। अब यदि खुट्टाले “म हात होइनँ, यसकारण म शरीरको होइनँ” भन्छ भने, के यो शरीरको अङ्ग हुँदैन र? अनि यदि कानले “म आँखा होइनँ, यसकारण म शरीरको होइनँ,” भन्छ भने, के यो शरीरको अङ्ग हुँदैन र? यदि पूरा शरीर आँखा हुँदो हो ता, कहाँबाट सुन्‍ने? यदि पूरा शरीर कान हुँदो हो ता, कहाँबाट सुँघ्ने? तर वास्तवमा परमेश्‍वरले उहाँको इच्छाबमोजिम प्रत्येक अङ्गहरूलाई एक-एक गरेर मिलाएर शरीरमा राखिदिनुभएको छ। यदि तिनीहरू एउटै अङ्ग हुँदाहुन् ता, शरीर कहाँ हुनेथियो? यसकारण अङ्गहरू धेरै छन्, तर शरीर एउटै छ।

1 कोरिन्थी 12 पढ्नुहोस्

1 कोरिन्थी 12:14-20 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति