YouVersion लोगो
खोज आइकन

रूथको पुस्तक 2:1-9

रूथको पुस्तक 2:1-9 NERV

बेतलेहेममा एकजना धनी मानिस थिए। तिनको नाउँ बोअज थियो। बोआज नाओमीका, एलीमेकका परिवारका नजिकका आफन्तहरू मध्ये एक थिए। एकदिन रूथले (मोआबी स्त्री) नाओमीलाई भनिन्, “म खेतहरूतिर जानलाई सोच्दैछु। हुन सक्छ म कसैलाई भेट्ने छु जो म प्रति दयालु हुने छन् अनि उनले आफ्नो खेतमा अन्न मलाई सिला गर्न दिनेछन्।” नाओमीले भनिन, “राम्रो छोरी, जान सक्छौ।” यसर्थ रूथ खेतमा गइन्। तिनी काम गर्नेहरूको पछि-पछि लागिन् अनि तिनले त्यहाँ छाडिएका अन्नहरू जम्मा गरिन्। यस्तो भयो कि तिनी खेतको त्यस भागमा पुगिन् जो एलीमेलेकका परिवारको बोअजको खेत थियो। पछि, बोअज बेतलेहेमबाट खेतमा आए। तिनले काम गर्नेहरूलाई अभिवादन गरे। तिनले भने, “परमप्रभु तिमीहरूका साथ रहून्।” अनि कामदारहरूले उत्तर दिए, “परमप्रभुले तपाईलाई आशिष दिऊन्।” तब बोअजले तिनका सेवक जो कामदारको नाईकेसँग कुरा गरे र सोधे, “त्यो कसकी छोरी हो?” ती नोकरले उत्तरदिए, “यी मोआबी स्त्री हुन जो मोआबको खेतहरूबाट नाओमीसित आएकी छिन्। ती आज बिहानै आईन अनि तिनले मलाई कर्मीहरूको पछिलागेर भूइँमा छाडिएका अन्नहरू जम्मा गर्न सक्छु भनी सोधीन् अनि त्यतिबेला देखि तिनीले काम गर्दै छिन्। ऊ परको घर उसको हो।” तब बोअजले रूथलाई भने, “सुन नानी। आफ्नो निम्ति अन्न सँग्रह गर्न यहाँ मेरो खेतमा बस। तिमीलाई अरू मानिसको खेतमा जान खाँचो छैन। मेरा स्त्री खेतालाहरूको पिछा गर। कुन खेतमा तिनीहरू जान्छन् हेर अनि तिनीहरूलाई पछ्याऊ। तिमीलाई दिक्दारी नदिनु भनी मैले जवान मानिसहरूलाई चेतावनी दिएको छु। जब तिमीलाई तिर्खा लाग्छ, मेरा मानिसहरूले पानी पिउने घैलाबाट नै पिउनु।”