YouVersion लोगो
खोज आइकन

रोमीहरूलाई पावलको पत्र 7:15-24

रोमीहरूलाई पावलको पत्र 7:15-24 NERV

म केही जाँन्दिन म के गरिरहेछु। किनकि म केही जान्दिँन म के गर्न चाहन्छु। यसको सट्टामा म त्यही गर्छु जुन कुरो म गर्न घृणा गर्छु। यदि मैले नचाहेको काम गरे भने म व्यवस्था राम्रो छ भनेर मान्छु। तर म एकमात्र होइन जसले यस्तो खराब काम गरिरहेछ। पाप जुन मभित्र बसेकोछु, त्यसैले यस्तो कामहरू गर्दैछ। हो, म जान्दछु कि राम्रो भन्ने केही कुरो ममा छैन, म असल कुरा गर्न चाहन्छु तर गर्न असमर्थ छु। आफूले चाहेको असल कुरा पनि म गर्दिनँ। त्यसको बदली गर्न नचाहेको नराम्रो कुरा चाहिं म गर्छु। यदि आफूले नचाहेको कुरो म गर्छु भने ती कुराहरू गर्ने म होइन। मभित्र रहेको पापले नै ती सब गर्दछ। त्यसैले मैले आफैंमा एउटा विधान भेटें जब म असल गर्न चाहन्छु मभित्र सधैँ दुष्ट रहन्छ। भित्रीरूपले म परमेश्वरको व्यवस्थासँग खुशी छु। तर म मेरो शरीरमा अर्कै व्यवस्थाले काम गरिरहेको पाउँछु। त्यो विधान मभित्रको विधानसित झगडा़ गरिरहेछ। त्यो अर्को विधान पापको विधान हो अनि त्यसले मलाई कैदी बनाउँछ। म कति दयनीय छु! मृत्यु ल्याउने यस कुराबाट मलाई कसले बचाउँछ?