YouVersion लोगो
खोज आइकन

रोमी 7:15-24

रोमी 7:15-24 NNRV

म के गर्दछु, त्‍यो बुझ्‍दिनँ। किनकि म जे चाहन्‍छु, त्‍यो गर्दिनँ। तर त्‍यही गर्दछु, जो म घृणा गर्दछु। गर्न नचाहेको म गर्दछु भने, व्‍यवस्‍था असल छ भनी म सहमत हुन्‍छु। यसैले अब त्‍यो गर्ने म होइनँ, तर ममा वास गर्ने पाप हो। किनकि मलाई थाहा छ, कि ममा, अर्थात्‌ मेरो पापमय स्‍वभावमा केही असल कुराले वास गर्दैन। जे असल छ, त्‍यो गर्ने इच्‍छा ममा छ, तर म त्‍यो पूरा गर्न सक्‍दिनँ। किनभने असल काम जो म गर्न चाहन्‍छु, त्‍यो म गर्दिनँ, तर दुष्‍ट काम, जो म गर्न चाहन्‍नँ, त्‍यही म गर्ने गर्छु। अब म जो इच्‍छा गर्दिनँ, त्‍यही गर्छु भने त्‍यो गर्ने म होइनँ, तर मभित्र वास गर्ने पाप हो। यसरी एउटा नियमले काम गरेको म पाउँछु। जब म भलो गर्न चाहन्‍छु, तब दुष्‍टतालाई मेरो नजिकै उपस्‍थित पाउँछु। किनकि म मेरो अन्‍तस्‍करणमा परमेश्‍वरको व्‍यवस्‍थामा आनन्‍दित हुन्‍छु, तर मेरा अङ्गहरूमा अर्को नियमले मेरो मनमा रहेको नियमसँग युद्ध गर्दछु, र मेरा अङ्गहरूमा वास गर्ने पापको नियमले मलाई बन्‍धनमा पार्दछ। हाय, म कस्‍तो दुःखी मानिस! यस मृत्‍युको शरीरबाट मलाई कसले छुटाउला?