YouVersion लोगो
खोज आइकन

रोमीहरूलाई पावलको पत्र 13:1-7

रोमीहरूलाई पावलको पत्र 13:1-7 NERV

तिमीहरू सबैले शासकहरूको आज्ञा मान्नु पर्छ। किनभने शासकहरूलाई अधिकार दिने परमेश्वरनै हुनुहुन्छ। अनि अहिले शासन गर्नेहरू परमेश्वरबाट नियुक्त गरिएका हुन्। यसैले जो शासकहरूको विरोधमा जान्छ ऊ परमेश्वरको नियुक्तिको विरोधमा जान्छ। जो शासकको विरोधमा जान्छ ऊ दण्डित हुनेछ। ज-जसले उचित काम गर्दछन् उनीहरूलाई शासकहरूदेखि डराउने काम छैन। तर ज-जसले अनुचित काम गर्दछन् उनिहरूलाई शासकहरूदेखि डराउनु पर्छ। के तिमीहरू शासकहरूका डरबाट मुक्त हुन चाहन्छौ? तब उचित काम गर, शासकहरूले तिमीहरूको प्रशंसा गर्नेछन्। शासकवर्ग तिमीहरूलाई सहयोग गर्ने परमेश्वरका सेवक हुन्। तर तिमीले अनुचित काम गर्यो भने तिमी डराउँछौ। शासकसँग दण्ड दिने अधिकार छ अनि उसले यो अधिकार चलाउँछ। अनुचित काम गर्नेलाई दण्ड दिने ऊ परमेश्वरको सेवक हो। तिमीले शासकको आज्ञा मान्नै पर्छ, तिमीले मान्नै पर्छ किन कि मानेनौ भने तिमीले दण्ड पाउन सक्छौ। तिमीले मान्नु पर्छ किनभने तिमी जान्दछौ कि असल काम गरिनु पर्छ। अनि यसैकारण तिमीहरूले कर पनि तिर्नु पर्दछ। शासकहरू परमेश्वरको सेवा गरिरहेछन् अनि त्यसैको लागि तिनीहरूले आफ्नो समय दिन्छन्। तिमीले जे दिनुपर्छ सबै मानिसलाई देऊ। तिमीले जसलाई कर र महसूल तिर्नु परेको हुन्छ उसलाई तिर। आदर गर्नुपर्ने मानिसलाई आदर गर। सम्मान गर्नु पर्ने मानिसलाई सम्मान गर।