सबैले आफ्नो सरकारलाई मान्नुपर्दछ किनभने परमेश्वरको इच्छाबिना कुनै सरकार टिक्न सक्दैन। सबै सरकारलाई परमेश्वरले नै खटाउनुभएको हो। कसैले सरकारको विरोध गर्छ भने उसले परमेश्वरको आज्ञालाई नै विरोध गर्छ। यसो गर्नेहरूले सजाय पाउनेछन् किनभने सरकारदेखि त असल काम गर्नेहरूले होइन तर खराब काम गर्नेहरूले नै डराउनुपर्दछ। के तिमीहरू सरकारदेखि निडर हुन चाहन्छौ? त्यसो भए असल काम गर र तिमीहरूले उनीहरूबाट स्याबासी पाउनेछौ किनभने शासन गर्नेहरू परमेश्वरका सेवकहरू हुन् र उहाँले तिनीहरूलाई तिमीहरूको भलाइको लागि नै खटाउनुभएको हो। तिमीले खराब काम गर्छौ भने मात्र सरकारदेखि डराओ किनभने सरकारलाई दण्ड दिने अधिकार छ। सरकार त खराब काम गर्नेहरूलाई दण्ड दिने परमेश्वरको सेवक हो। दण्ड नपाऊँ भनेर मात्र होइन तर आफ्नो विवेकले यसो गर्नु ठीकै हो भनेर पनि तिमीहरूले सरकारलाई मान्नैपर्छ। तिमीहरूले कर तिर्नुपरेको कारण पनि यही हो किनभने सरकारले आफ्नो कर्तव्य पूरा गरेको बेला परमेश्वरको लागि काम गरिरहेको हुन्छ। तिर्नुपर्नेलाई तिर्नुपर्ने सबै कुरा तिरिदिनू, कर तिर्नुपर्नेलाई कर र भन्सार तिर्नुपर्नेलाई भन्सार तिरिदिनू। त्यसै गरी मान गर्नुपर्नेलाई मान गर।
रोमी 13 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 13:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू