YouVersion लोगो
खोज आइकन

यूहन्नालाई भएको प्रकाश 1:1-7

यूहन्नालाई भएको प्रकाश 1:1-7 NERV

यो येशू ख्रीष्टको अभिमानिस हो। परमश्वरले येशूलाई यी कुराहरू, अब चाँडै जे घट्नेवाला छ सो उनका सेवकहरूलाई दर्शाउनका निम्ति प्रदान गर्नुभयो। ख्रीष्टले आफ्ना सेवक यूहन्नालाई यी कुराहरू दर्शाउनका निम्ति आफ्ना स्वर्गदूत पठाउँनु भयो। यूहन्नाले आफूले देखेका कुरा भने। यही सत्य हो की येशू ख्रीष्टले तिनलाई भन्नुभयो अनि यो परमश्वरको सन्देश हो। त्यो मानिस धन्य हो जसले यो पढिरहेको छ अनि तिनीहरू धन्य हुन् जो यी अगमवाणीको शब्दहरू सुन्दछन् र यही अनुसार कामहरू गरिरहेका छन्। किनभने धेरै समय बाँकी छैन। यहून्नाबाट, एशिया प्रान्तका सातवटा मण्डलीहरूलाई: अनुग्रह अनि शान्ति रहोस् तिमीहरूलाई उहाँद्वारा जो अहिले हुनुहुन्छ, जो सदैव हुनुहुन्थ्यो, अनि जो आउँदै हुनुहुन्छ अनि उहाँको सिंहासन अघिका सात आत्माहरूद्वारा अनि विश्वासी साक्षी येशू ख्रीष्टद्वारा। मृत्युबाट बौराइनु भएको उहाँ पहिलो हुनुहुन्छ। येशू पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ। येशू नै एकजना हुनुहुन्छ जसले हामीलाई प्रेम गर्नुहुन्छ र हाम्रा पापबाट आफ्नो रगतले स्वतन्त्र तुल्याउनु भयो। येशूले हामीलाई एउटा राज्यमा परिणत गर्नुभयो। उहाँले आफ्नो पिताको सेवाको लागि हामीलाई पूजाहारीहरू बनाउनु भयो। सदाका निम्ति येशूमा महिमा अनि शक्ति रहिरहोस्। आमिन। हेर, येशू मेघहरूमा आँउदै हुनुहुन्छ। उहाँलाई सबै मानिसहरूले, ती मानिसहरू जसले घोंचेका थिए तिनीहरूले पनि देख्नेछन्। उहाँको कारणले पृथ्वीका सम्पूर्ण मानिसहरू जोडले कराउनेछन्। यो सत्य हो, यो घट्ने छ। आमिन।