हे परमप्रभु, तपाईंको प्रेम असल छ। म पट्टि फर्कनु होस् र तपाईंको महान् दयाले मलाई सहायता गर्नुहोस्। तपाईंको दासबाट मुख नफर्काउनु होस्। म सङ्कटमा छु। चाँडो, मलाई सघाउँनु होस्। आउनु होस् र मेरो प्राण जोगाउनु होस्। मेरो शत्रुहरूबाट मलाई जोगाउनु होस्। मेरो लज्जितपन तपाईं जान्नुहुन्छ, मेरो शत्रुहरूले मलाई अपमान गरेको तपाईं जान्नुहुन्छ, तिनीहरूले मलाई ती कुराहरू गर्दै गरेको तपाईंले देख्नुभयो। गालीले मलाई धूलो-पिठो पारेको छ। म गालीको कारणले मर्न लागेको छु म संवेदना पर्खिएको छु, तर कसैबाट पाउन सकिन। म कतिपय मानिसहरूलाई सान्त्वनाको निम्ति पर्खीं बसें, तर कोही पनि आएन। तिनीहरूले मलाई खानलाई विष दिए। तिनीहरूले मलाई सिर्का दिए, दाखरस दिएनन्। तिनीहरूका टेबलहरू खानाहरूले सजिएका छन्। तिनीहरूसँग त्यस्तो विशाल बन्धुत्वपूर्ण भोजहरू छन्। मलाई ती भोजहरूले विनाश गर्ला भन्ने लाग्दछ। तिनीहरूका आँखा अन्धा होउन्, अनि तिनीहरूको पीठ्यूँ सधैँको निम्ति दुर्बल हुन दिनुहोस्। तपाईंका सम्पूर्ण क्रोधहरूका अनुभव तिनीहरूले पनि गरून्। तिनीहरूका घरहरू रित्तो पारिदिनुहोस्। कोही पनि त्यहाँ बस्न नपाओस्। तिनीहरूलाई दण्ड दिनुहोस्, अनि तिनीहरू भाग्नेछन्। त्यसपछि तिनीहरूले कुरा गर्दा पीडा र घायलहरू पाउनेछन्। तिनीहरूका अधर्म कामहरूको लागि दण्ड दिनुहोस्। तपाईं कत्तिको असल हुनुहुन्छ, भनी तिनीहरूलाई नदेखाउनु होस्। जीवनको पुस्तकबाट तिनीहरूको नाउँ मेटि दिनुहोस्, तिनीहरूका नाउँ धर्मी मानिसहरूको साथमा नलेखि दिनुहोस्। म दुःखीत र पीडित छु। परमेश्वर मलाई उठाउनु होस्, मलाई बचाउनु होस्। म परमेश्वरको नाउँ गीतमा प्रशंसा गर्नेछु। म धन्यवादको गीतहरूमा प्रशंसा गर्नेछु। यसले परमेश्वरलाई खुशी पार्नेछ! यो साँढे र अन्य पशुहरू मारेर बली चढाउनु भन्दा उत्तम हुनेछ। नम्र मानिसहरू जो परमेश्वरलाई उपासना गर्न आएका छन्। यी कुरा जानेर तिनीहरू खुशी हुने छन्। किनकि परमप्रभुले दीन-दुःखी र असहायकहरूको पुकारा सुन्नु हुन्छ। कैदमा परेका मानिसहरूलाई पनि परमप्रभुले मन पराउनु हुन्छ। स्वर्ग र पृथ्वीले, परमेश्वरको प्रशंसा गरून्। समुद्र र यसमा भएका जम्मै चीजहरूहो! परमप्रभुको प्रशंसा गर। परमप्रभुले सियोनलाई बचाउनुहुनेछ। परमप्रभुले यहूदाका शहरहरू अझ एकपल्ट निर्माण गर्नु हुनेछ ताकि उहाँका मानिसहरू त्यहाँ फेरि बस्न सकुन्। उहाँका दासहरूका सन्तानले त्यो धर्ती पाउनेछन्, मानिसहरू ज-जसले उहाँको नाउँलाई प्रेम गर्दछन् उनीहरू त्यहाँ बस्ने छन्।
भजनसंग्रह 69 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 69:16-36
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू