परमप्रभुको प्रशंसा गर किनभने उहाँ असल हुनुहुन्छ। परमप्रभुप्रति स्तुतिगान गर! उहाँको गुण-गान गर्नु आनन्दमय र असल हो। परमप्रभुले यरूशलेम बनाउनु भयो। परमेश्वरले इस्राएल वासीहरूलाई फेरि फर्काई ल्याउनु भयो, जसलाई कैदी बनाएर थुनिएको थियो। परमेश्वरले तिनीहरूको टुक्रीएको हृदय निको पारिदिनु हुन्छ। तिनीहरूका घाउहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ। परमेश्वरले ताराहरू गन्नुहुन्छ, र ती प्रत्येकको नाउँ जान्नुहुन्छ। हाम्रो स्वामी महान् हुनुहुन्छ, उहाँ अत्यन्त पराक्रमी हुनुहुन्छ। उहाँको ज्ञान अपार छ। परमप्रभु नम्र मानिसहरूलाई सघाउनु हुन्छ तर दुष्ट मानिसहरूलाई सताउनु हुन्छ। परमप्रभुलाई धन्यवाद होस्। हाम्रो परमप्रभुलाई वीणा बजाएर प्रशंसा गरौं। परमेश्वरले आकाश बादलहरूले भरिदिनु हुन्छ। परमेश्वरले पृथ्वीमा बर्षा पठाउनु हुन्छ परमेश्वरले पर्वतहरूमा हरियो घाँसहरू उमार्नु हुन्छ। परमेश्वरले पशुहरूलाई खाना दिनुहुन्छ। परमेश्वरले चराहरूलाई खुवाउनु हुन्छ। युद्धका घोडाहरूले र शक्तिशाली सैन्यहरूले उहाँलाई खुशी पार्दैन। परमप्रभु ती मानिसहरू सित आनन्दित हुनुहुन्छ, जसले उहाँलाई पूज्दछन्। परमप्रभु ती मानिसहरूसँग खुशी हुनुहुन्छ, जसले उहाँको प्रेममा भरोसा राख्छन्।
भजनसंग्रह 147 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 147:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू