YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 147:1-11

भजनसंग्रह 147:1-11 सरल नेपाली

परमप्रभुको प्रशंसा गर! हाम्रा परमेश्‍वरको प्रशंसा गाउनु असल कुरो हो, उहाँको प्रशंसा गर्नु उचित र हर्षको कुरा हो। परमप्रभुले यरूशलेमलाई बनाउँदै हुनुहुन्‍छ, उहाँले विदेशमा कैदी भएर गएकाहरूलाई फर्काई ल्‍याउँदै हुनुहुन्‍छ। उहाँले हृदय टुटेकाहरूलाई निको पार्नुहुन्‍छ र तिनीहरूका चोटमा पट्टी बाँधिदिनुहुन्‍छ। उहाँले ताराहरूको सङ्‍ख्‍या तोक्‍नुभएको छ र प्रत्‍येक तारालाई नाम दिनुभएको छ। हाम्रा परमप्रभु महान् र सामर्थी हुनुहुन्‍छ, उहाँको बुद्धि कसैले अड्‌कल लाउन सक्‍दैन। उहाँले नम्रहरूलाई उचाल्‍नुहुन्‍छ, तर दुष्‍टलाई जमिनमा पछारेर चुर पार्नुहुन्‍छ। परमप्रभुलाई प्रशंसाको स्‍तुति गर, हाम्रा परमेश्‍वरलाई वीणाको सङ्गीत सुनाओ! उहाँले आकाशमा बादल फैलाउनुहुन्‍छ, उहाँले पृथ्‍वीमा वर्षा ल्‍याउनुहुन्‍छ र डाँडाहरूमा झारपात उमार्नुहुन्‍छ। उहाँले पशुहरूलाई आहार दिनुहुन्‍छ र कागका बच्‍चाहरू कराउँदा तिनीहरूलाई उहाँले खुवाउनुहुन्‍छ। उहाँले बलिया घोडाहरूमा खुसी मान्‍नुहुन्‍न न त वीर सिपाहीहरूमा आनन्‍द मान्‍नुहुन्‍छ। तर उहाँलाई आदर गर्नेहरू र उहाँको अटुट प्रेममा भरोसा गर्नेहरूसित उहाँ खुसी हुनुहुन्‍छ।

भजनसंग्रह 147 पढ्नुहोस्