भजनसंग्रह 140
140
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
1हे परमप्रभु, मलाई दुष्ट मानिसबाट बचाउनु होस्,
क्रुर मानिसहरूबाट मेरो रक्षा गर्नुहोस्।
2तिनीहरू पापपूर्ण कामहरू गर्नलाई योजना बनाउँछन्।
तिनीहरू युद्ध गर्नलाई सधैँ नै तयार हुन्छन्।
3तिनीहरूका जिब्राहरू विषालु सर्पहरूका जस्तै छन्।
त्यो सर्पको विष तिनीहरूको जिब्रो मुनि रहे जस्तै हो।
4हे परमप्रभु, मलाई दुष्ट मानिसहरूबाट जोगाई दिनुहोस्,
क्रुर मानिसहरूबाट मेरो रक्षा गरिदिनु होस,
तिनीहरू मेरो पछि लागेर खोज्दछन् र कष्ट दिने प्रयास गर्दछन्।
5ती अहङ्कारीहरूले मेरो निम्ति पासो थापे।
तिनीहरूले मलाई पक्रन भनी जाल फिँजाए।
तिनीहरूले मेरो बाटोमा पासो थापे।
6हे परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
हे परमप्रभु, मेरो प्रार्थना सुनी दिनुहोस्।
7हे परमप्रभु, तपाईं मेरो बलवान स्वामी हुनुहुन्छ।
तपाईं मेरो मुक्तिदाता हुनुहुन्छ।
तपाईं मेरो मुकुट सरह हुनुहुन्छ,
जसद्वार युद्धमा मेरो शिर सुरक्षित पारिन्छ।
8हे परमप्रभु, ती मानिसहरू दुष्ट छन्।
तिनीहरूले चाहेका कुराहरू नपाऊन्।
तिमीहरूका योजनाहरू सफल नहोस्।
9परमप्रभु, कुनै पनि शत्रुहरूलाई जित्न नदिनुहोस्।
ती मानिसहरूले दुष्ट योजना बनाँउछन्।
तर ती दुष्ट कार्यहरू उनीहरूमाथि नै परून्।
10जल्दै गरेको कोईलाहरू उनीहरूकै शिरमा बर्षोस्,
मेरो शत्रुहरूलाई आगोमा फ्याँकियोस्,
तिनीहरूलाई चिहानमा फ्याँकिदिनु होस्
ताकि उनीहरू चढेर आउनु कहिल्यै नसकुन्।
11परमप्रभु, ती झूटाहरूलाई बाँच्न नदिनुहोस्।
नराम्रा कुराहरू ती नराम्रा मानिसहरूमा नै घटोस्।
12म जान्दछु कि परमप्रभुले दीन-दुःखी मानिसहरूलाई,
निष्पक्ष रूपले न्याय गर्नुहुनेछ
परमेश्वरले असहाय मानिसहरूलाई साथ दिनुहुनेछ।
13धर्मी मानिसहरूले, तपाईंको नाउँको गुण-गान गर्नेछन् परमप्रभु।
सोझा मानिसहरूले तपाईंलाई पूज्ने छन्।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 140: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International