हे परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ। हे परमप्रभु, मेरो प्रार्थना सुनी दिनुहोस्। हे परमप्रभु, तपाईं मेरो बलवान स्वामी हुनुहुन्छ। तपाईं मेरो मुक्तिदाता हुनुहुन्छ। तपाईं मेरो मुकुट सरह हुनुहुन्छ, जसद्वार युद्धमा मेरो शिर सुरक्षित पारिन्छ। हे परमप्रभु, ती मानिसहरू दुष्ट छन्। तिनीहरूले चाहेका कुराहरू नपाऊन्। तिमीहरूका योजनाहरू सफल नहोस्। परमप्रभु, कुनै पनि शत्रुहरूलाई जित्न नदिनुहोस्। ती मानिसहरूले दुष्ट योजना बनाँउछन्। तर ती दुष्ट कार्यहरू उनीहरूमाथि नै परून्। जल्दै गरेको कोईलाहरू उनीहरूकै शिरमा बर्षोस्, मेरो शत्रुहरूलाई आगोमा फ्याँकियोस्, तिनीहरूलाई चिहानमा फ्याँकिदिनु होस् ताकि उनीहरू चढेर आउनु कहिल्यै नसकुन्। परमप्रभु, ती झूटाहरूलाई बाँच्न नदिनुहोस्। नराम्रा कुराहरू ती नराम्रा मानिसहरूमा नै घटोस्। म जान्दछु कि परमप्रभुले दीन-दुःखी मानिसहरूलाई, निष्पक्ष रूपले न्याय गर्नुहुनेछ परमेश्वरले असहाय मानिसहरूलाई साथ दिनुहुनेछ। धर्मी मानिसहरूले, तपाईंको नाउँको गुण-गान गर्नेछन् परमप्रभु। सोझा मानिसहरूले तपाईंलाई पूज्ने छन्।
भजनसंग्रह 140 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 140:6-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू