YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:105-112

भजनसंग्रह 119:105-112 NERV

हे परमप्रभु, तपाईंका वचनहरू बत्ती हुन् जसले मेरो बाटोहरू उज्यालो पार्छन्। तपाईंको नियमहरू असल छन्। म ती नियमहरू पालन गर्ने कसम खाँदछु अनि म आफ्नो वचन राख्नेछु। हे परमप्रभु, म धेरै समयदेखि पीडित रहेको छु। कृपया तपाईंको प्रतिज्ञा अनुसार मलाई पुन:र्जिवित पार्नु होस्! हे परमप्रभु, मेरो प्रशंसा ग्रहण गर्नुहोस्। अनि तपाईंका नियमहरू सिकाउनु होस्। मेरो प्राण अनवरत विपदमा परेको छ तर मैले तपाईंको शिक्षाहरू भुलेको छैन। दुष्ट मानिसहरूले मलाई पासोमा फसाउँन कोशिश गरे। तर मैले तपाईंको आज्ञाहरूलाई उल्ङ्घन गरिनँ। हे परमप्रभु, म सधैँ तपाईंको करार पत्र पालन गर्नेछु। यसले मलाई खुशी पार्दछ। म मेरो जीवनको अन्त सम्म नै, सकेसम्म तपाईंको विधिहरू पालन गर्ने प्रयास गर्नेछु।

भजनसंग्रह 119 पढ्नुहोस्