YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:105-112

भजनसंग्रह 119:105-112 सरल नेपाली

तपाईंको वचन मलाई अगुवाइ गर्ने बत्ती र मलाई बाटो देखाउने ज्‍योति हो। तपाईंका उचित अर्तीहरू मान्‍न मैले गरेको गम्‍भीर प्रतिज्ञा म पूरा गर्नेछु। परमप्रभु, मेरा दु:ख-कष्‍ट साँच्‍चै डरलाग्‍दा छन्, आफ्‍नो प्रतिज्ञाअनुसार मलाई जीवित राख्‍नुहोस्। हे परमप्रभु! मेरो धन्‍यवादको प्रार्थना ग्रहण गर्नुहोस् र मलाई तपाईंका आज्ञाहरू सिकाउनुहोस्। म सधैँ आफ्‍नो जीवन खतरामा हाल्‍न तयार छु, मैले तपाईंको व्‍यवस्‍था बिर्सेको छैनँ। दुष्‍ट मानिसहरूले मलाई पासो थाप्‍छन्, तर मैले तपाईंका आज्ञाहरू मानेको छु। तपाईंका आज्ञाहरू मेरो अनन्‍तकालको धन हुन्, ती मेरा हृदयको रमाहट हुन्। म नमरुञ्‍जेलसम्‍म मैले तपाईंका व्‍यवस्‍थाहरू मान्‍ने निश्‍चय गरेको छु।

भजनसंग्रह 119 पढ्नुहोस्