भजनसंग्रह 119:105-112

तपाईंका वचन मेरा गोडाका निम्ति बत्ती, र मेरो बाटोको निम्ति उज्यालो हो। मैले यो शपथ खाएर दृढ़ सङ्कल्प गरेको छु, कि तपाईंका धार्मिक नियमहरू म पालन गर्नेछु। म ज्यादै पीडित भएको छु, हे परमप्रभु, आफ्नो वचनअनुसार मेरो प्राणलाई सुरक्षित राखिदिनुहोस्। हे परमप्रभु, मेरो मुखबाट स्वेच्छाले निस्केको स्तुति-प्रशंसा ग्रहण गर्नुहोस्, र तपाईंका नियमहरू मलाई सिकाउनुहोस्। मेरो प्राण निरन्तर जोखिममा रहन्छ, तापनि म तपाईंको व्यवस्था बिर्सन्नँ। दुष्टहरूले मेरो निम्ति पासो थापेका छन्, तर तपाईंका आदेशहरूबाट म बरालिएको छैनँ। तपाईंका कानूनहरू सदाकालको निम्ति मेरा मूल्यवान् सम्पत्ति भएका छन्। तिनले मेरो हृदयलाई हर्षित तुल्याउँछन्। तपाईंका विधिहरू एकदमै अन्त्यसम्म पालन गर्न मैले अठोट गरेको छु।
भजनसंग्रह 119:105-112