YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:1-56

भजनसंग्रह 119:1-56 NERV

शुद्ध जीवन जिउने मानिसहरू खुशी हुन्छन्। ती मानिसहरूले परमप्रभुको उपदेशहरू पछ्याउँदछ। परमप्रभुको करार जसले पालन गर्छ ती मानिसहरू सुखी हुन्छन्। तिनीहरूले परमप्रभुलाई आफ्ना सम्पूर्ण हृदयबाटै खोज्दछन्। ती मानिसहरूले अनुचित कामहरू गर्दैनन्, तिनीहरूले परमप्रभुको आज्ञा पालन गर्दछन्। परमप्रभु, तपाईंले आफ्ना आज्ञाहरू हामीलाई दिनु भयो अनि ती आज्ञाहरू पूर्ण हृदयले पालन गर्नु भनेर बताउनु भयो। परमप्रभु, यदि सधैँ तपाईंको विधिहरू पालन गरें भने, तब म कहिल्यै पनि लज्जित हुने छैन जब म तपाईंको आज्ञाहरू पालन गर्छु। जस्तो म तपाईंको न्याय र सद्गुणको अध्ययन गर्छु म साँच्चो रूपमा तपाईंको सम्मान गर्नेछु। परमप्रभु, म तपाईंका आज्ञाहरू पालन गर्नेछु, कृपया मलाई नत्याग्नु होस्! तपाईंको विधिहरू अपनाएर कसरी एउटा युवा मानिस साँच्चो जीवन जिउन सक्छ? म सम्पूर्ण हृदयबाट परमेश्वरको सेवा गर्ने कोशिश गर्दछु। परमेश्वर, तपाईंका आदेशहरू पालन गर्नलाई मलाई साथ दिनुहोस्। मैले तपाईंको उपदेशहरू होशियारी साथ कण्ठस्थ गरें। किनभने तपाईंको विरूद्धमा म पाप नगरूँ। हे परमप्रभु, तपाईंको प्रशंसा होस्। मलाई तपाईंको विधिहरू सिकाउनु होस्। म तपाईंको ज्ञानपूर्ण विधिहरूको बारेमा बताउने छु। म अरू केही भन्दा तपाईंको करार नै अध्ययन गर्दा आनन्द पाउँछु। म तपाईंको विधि विषयमा चर्चा गर्नेछु। म तपाईंको जिउने पथको अनुशरण गर्नेछु। म तपाईंको नियमहरूमा रमाउने छु म तपाईंका वचनहरू भुल्ने छैन। मेरो निम्ति राम्रो गर्नुहोस्, ताकि म बाँच्न सकौं अनि तपाईंको आज्ञा पालन गर्नसकौं। हे परमप्रभु, मेरो आँखाहरू उघारी दिनुहोस्, ताकि तपाईंका शिक्षाहरू हेर्न सकुँ अनि तपाईंका चमत्कारी कार्यहरू अध्ययन गर्न सकुँ। म यस पृथीवीमा भौतारी हिँड्ने परदेशी जस्तै हुँ। मैले तपाईँका आज्ञाहरू जान्नु परेको छ। परमप्रभु, तपाईंका उपदेशहरू मबाट नलुकाउनुहोस्। म सारा समय तपाईंको विधिहरू अध्ययन गर्न चाहन्छु। हे परमप्रभु! तपाईंले अहंकारी मानिसहरूलाई निन्दा गर्नुभयो। अनुचित घटनाहरू तिनीहरूतर्फ घट्नेछन्, किनकि तिनीहरूले तपाईंका आज्ञाहरू पालन गर्न अस्वीकार गरे। मलाई लज्जित र व्याकुल हुन नदिनुहोस्। मैले तपाईंको करार पालन गरेको छु। अगुवाहरूले पनि मेरो बिरोधमा कुरा गरे। तर म तपाईंको दास हुँ, हे परमप्रभु! अनि मैले तपाईंको नियमहरू पढेकोछु। तपाईंको करार मेरो सल्लाहाकार हो। यसले मलाई हितकारी परामर्श दिंदछ। म चाँडै मर्नेछु, हे परमप्रभु! तपाईंको प्रतिज्ञा बमोजिम मलाई बाँच्न दिनु होस्। मैले आफ्नो जीवनको बारेमा तपाईंलाई बताएँ। अनि तपाईंले त्यसको प्रत्युत्तर दिनुभयो। अब, तपाईंका नियमहरू सिकाउनु होस्। हे परमप्रभु, तपाईंका नियमहरू बुझ्न मलाई साथ दिनुहोस्। तपाईंले सृजना गर्नु भएका आश्चर्यजनक कुराहरूको विषयमा मलाई अध्ययन गर्न दिनुहोस्। म दुःखीत र थकित छु। आज्ञा दिनुहोस् अनि मलाई फेरि बलियो बनाई दिनुहोस्। हे परमप्रभु! मलाई कठिन जीवन बाँच्न नदिनुहोस्। तपाईंको शिक्षाहरूले मलाई बाटो देखाउनु होस्। हे परमप्रभु! म तपाईं प्रति उदार भई बसौं भनेर रोजेको छु। मैले सचेतपूर्ण तपाईंका निर्णयहरू मनन गरेको छु। म तपाईंको करार-वचनमा अडिग भएर बस्नेछु। मलाई असन्तुष्ट नबनाउनु होस्। म खुशीले तपाईंको आज्ञाहरू पालन गर्नेछु। परमप्रभु, तपाईंका आज्ञाहरूले मलाई आनन्द दिन्छ। हे परमप्रभु, मलाई तपाईंका नियमहरू सिकाउनु होस्, अनि म होशियारीसित तिनीहरूको अनुशरण गर्नेछु। मलाई बुझ्न सहायता गर्नु होस् अनि म तपाईंको व्यवस्था पालन गर्ने छु। हे परमप्रभु, तपाईंको आज्ञाहरूसँग मलाई बाटो देखाउनु होस्। म साँच्चो रूपले त्यो जीवन शैली अपनाउने छु। मलाई धनाढ्य हुनुको सट्टामा तपाईंको करारको बारेमा सोच्नलाई साथ दिनुहोस्। परमप्रभु, बेकामे मूर्तिहरूमा मेरो ध्यान पर्न नदिनु होस्। तपाईंको तरिकामा मलाई बाँच्न दिनुहोस्। त्यही गर्नुहोस् जुन तपाईंले आफ्नो दासलाई वचन दिनु भएको थियो ताकि मानिसहरूले तपाईंको श्रद्धा गरून्। हे परमप्रभु, जुन हप्कीदेखि म डराउँछु त्यो मबाट हटाइदिनुहोस् तपाईंको बुद्धिमानी निर्णयहरू उत्तम छन्। हेर्नुहोस्, म तपाईंको आज्ञाहरू मन पराउँछु। तपाईंको धार्मिकतामा मलाई बाँच्न दिनुहोस्। हे परमप्रभु, मलाई तपाईंका स्नेहपूर्ण करूणा तपाईंले देखाउनु होस्, अनि तपाईंले प्रतिज्ञा दिए झैं, मलाई बचाउनु होस्। जसले मलाई निन्दा गर्छ, तिनीहरूको निम्ति म जवाफ दिनेछु। म साँच्चि नै तपाईंको वचनहरूमा भरोसा गर्छु। हे परमप्रभु! म सधैँ तपाईंको साँच्चो उपदेशहरू बोल्न पाऊँ। म तपाईंको बुद्धिमानी निर्णयहरूमा आश्रित छु। हे परमप्रभु, म तपाईंको उपदेशहरू सदा-सर्वदा अनुशरण गर्नेछु। यसकारण म स्वतन्त्र हुने छु। किनभने मैले तपाईंको नियमहरू पालन गर्ने कष्ट गरें। म तपाईंको करारको विषयमा राजाहरूसँग चर्चा गर्नेछु, अनि तिनीहरूले मलाई लज्जित पार्ने छैनन्। म तपाईंको आज्ञाहरू मनन गर्दा आनन्दित हुन्छु। परमप्रभु म ती आज्ञाहरू मन पराउँछु। हे परमप्रभु, म तपाईंको आज्ञाहरूलाई प्रशंसा गर्छु। म तिनीहरूलाई मन पराउँछु अनि म तिनीहरूलाई अध्ययन गर्छु। हे परमप्रभु, मप्रति गर्नु भएको प्रतिज्ञा याद गर्नुहोस्। त्यो प्रतिज्ञाले मलाई आशा दिएकोछ। म पीडित् थिएँ, र तपाईंले मलाई सान्त्वना दिनुभयो। तपाईंका वचनहरूले मलाई फेरि एकपल्ट जीवित तुल्यायो। ती घमण्डीहरूले मलाई लगातार अपमान गरे, तर मैले तपाईंका शिक्षाहरूको अनुशरण गर्न छोडिनँ। हे परमप्रभु, म सधैँ तपाईंको बुद्धिमानी निर्णयहरूले मलाई सान्त्वना दिंदछ। जब मैले ती दुष्ट मानिसहरूले तपाईंको उपदेशहरू मान्न छाड्दै गएको देखें र म क्रोधित भएँ। मेरो प्रवासको घरमा तपाईंका नियमहरू नै मेरो गीतहरू भएका छन्। हे परमप्रभु, मैले रातमा तपाईंको नाउँ स्मरण गरेको छु। अनि मैले तपाईंको उपदेशहरू पनि याद गरेको छु। किनभने म सतर्कतासाथ तपाईंको आज्ञाहरू पालन गर्दछु।

भजनसंग्रह 119 पढ्नुहोस्