YouVersion लोगो
खोज आइकन

हितोपदेशको पुस्तक 31:21-31

हितोपदेशको पुस्तक 31:21-31 NERV

हिऊँ पर्दा पनि आफ्नो परिवारको निम्ति चिन्ता गर्दिनन्। तिनले परिवारका सबैलाई तातो अनि असल लुगाहरू दिएकी छिन्। तिनले च्यादर बुन्छिन् र ओछ्यानमा फिँजाउँछिन्, अनि आफूले सुन्दर नरम सुतीको लुगाहरू पहिरिन्छिन्। उनका पतिलाई सबैले आदर गर्छन् किनभने तिनी त्यस ठाउँका नेताहरूमा एक हुन्। तिनी कुशल व्यापारिनी हुन्, तिनी लुगा तथा पटुकाहरू बनाउछिन्, र व्यापारीहरूलाई बेच्छिन्। तिनी बलीयी अनि मर्यादित छिन्, तिनले भविष्यलाई हेरेर ढुक्क भएर हाँस्न सक्छिन्। तिनको बोलीमा ज्ञान छ, र तिनले मानिसहरूलाई मायालु तथा दयालु बन्न सिकाउँछिन्। तिनले आफ्नो परिवारको कामको हेरविचार गर्छिन्। तिनले कहिले अल्छी गर्दिनन्। तिनलाई आफ्नै बाल बच्चाले प्रशंसा गर्छन्, तिनको पतिले तिनी माथि गर्व गर्छन् र भन्छन्, “संसारमा धेरै असल स्त्रीहरू छन् तर ती मध्ये तिमी नै सर्व-श्रेष्ठ हौ।” आकर्षण र सौन्दर्य क्षणिक वस्तुहरू मात्र हुन्, तर जो स्त्रीले परमप्रभुको डर मान्छे उसको प्रशंसा गर्नु पर्छ। तिनको योग्यताले पाउने इनाम तिनले पाउनु पर्छ अनि तिनले गरेको प्रशंसनीय कार्यहरूका निम्ति तिनी समाजमा प्रशंसित हुनै पर्छ।