हिउँ पर्दा आफ्नो परिवारको निम्ति तिनी डराउँदिनन्, किनभने तिनीहरू सबैले सिन्दूरे रङ्गको वस्त्र पहिरेका हुन्छन्। तिनले आफ्नो खाटको लागि ओढ्ने-ओछ्याउने बनाउँछिन्, तिनी मलमल र बैजनी कपड़ाले पहिरेकी हुन्छिन्। तिनका पति सहरको मूल ढोकामा सम्मानित हुन्छन्, जहाँ उनी मुलुकका पाकाहरूसँग बसेका हुन्छन्। तिनले सूती कपड़ाका वस्त्रहरू बनाउँछिन् र ती बिक्री गर्छिन्, र व्यापारीहरूलाई पटुकाहरू उपलब्ध गर्छिन्। तिनी सामर्थ्य र प्रतिष्ठाले सुशोभित हुन्छिन्, र आउने दिनहरूका बारेमा तिनी हाँस्न सक्छिन्। तिनी बुद्धिसँग बोल्छिन्, र तिनको जिब्रोमा विश्वास योग्य उपदेश हुन्छ। तिनी आफ्नो परिवारका कारोबारको रेखदेख गर्छिन्, र आलस्यको रोटी खाँदिनन्। तिनका छोरा-छोरीहरू खड़ा भएर तिनलाई धन्य भन्छन्, तिनका पतिले पनि यसो भनेर तिनको प्रशंसा गर्छन्: “धेरै स्त्रीहरूले उत्तम कुराहरू गर्छन्, तर तिनीहरू सबैलाई तिमीले जितेकी छ्यौ।” सौन्दर्य भ्रमात्मक हुन्छ, र सुन्दरता उड़िजाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गरिनुपर्छ। तिनले कमाएको इनाम तिनैलाई दिनू, र तिनका कामले सहरको मूल ढोकामा नै तिनलाई प्रशंसा ल्याऊन्।
हितोपदेश 31 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 31
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 31:21-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू