YouVersion लोगो
खोज आइकन

हितोपदेशको पुस्तक 30:24-28

हितोपदेशको पुस्तक 30:24-28 NERV

पृथ्वीका प्राणीहरू बीचमा यी चारओटा प्राणीहरू सबै भन्दा साना छन्, तर तिनीहरू ज्ञानी मानिसहरू भन्दा बुद्धिमान् छन्। कमिलाहरूको एक्दमै बलियो समुदाय हुँदैन तर तिनीहरूले ग्रीष्म ऋतुमा हिउँदको भोजन संचय गर्छन्। पहराको न्याउरी मुसाको समुदाय शक्तिशाली हुँदैन तापनि चट्टानमा तिनीहरू आफ्नो घर बनाउँछन्। सलहको कोही नेता हुँदैन तापनि तिनीहरू लहरै हूल बाँधेर अघि बढ्छन। अनि छेपारो जसलाई हातले सजिलै समात्न सकिन्छ त्यो राजमहलहरूमा पनि बस्छ।