हितोपदेश 30:24-28
हितोपदेश 30:24-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“पृथ्वीमा चार वटा कुराहरू साना छन्, तापनि तिनीहरू अत्यन्तै बुद्धिमान् हुन्छन्: कमिला थोरै बल भएका प्राणी हुन् तापनि ग्रीष्म ऋतुमा नै तिनीहरू आफ्नो भोजन सञ्चय गर्छन्, शापन थोरै शक्ति भएका प्राणी हुन् तापनि पहरामा तिनीहरू आफ्नो घर बनाउँछन्, सलहका राजा हुँदैन तापनि तिनीहरू लहरै हूल बाँधेर अगि बढ्छन्, छेपारालाई हातले पक्रन सकिन्छ तापनि राजाको महलमा यो पाइन्छ।
हितोपदेश 30:24-28 पवित्र बाइबल (NERV)
पृथ्वीका प्राणीहरू बीचमा यी चारओटा प्राणीहरू सबै भन्दा साना छन्, तर तिनीहरू ज्ञानी मानिसहरू भन्दा बुद्धिमान् छन्। कमिलाहरूको एक्दमै बलियो समुदाय हुँदैन तर तिनीहरूले ग्रीष्म ऋतुमा हिउँदको भोजन संचय गर्छन्। पहराको न्याउरी मुसाको समुदाय शक्तिशाली हुँदैन तापनि चट्टानमा तिनीहरू आफ्नो घर बनाउँछन्। सलहको कोही नेता हुँदैन तापनि तिनीहरू लहरै हूल बाँधेर अघि बढ्छन। अनि छेपारो जसलाई हातले सजिलै समात्न सकिन्छ त्यो राजमहलहरूमा पनि बस्छ।
हितोपदेश 30:24-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पृथ्वीमा चार वटा साना तर औधी बुद्धिमान् प्राणीहरू छन्: कमिला; शक्तिहीन प्राणी तर ग्रीष्मकालमा तिनीहरूले आफ्ना खानेकुरा भण्डारमा बटुल्छन्, पहराको न्याउरीमूसो; कमजोर जन्तु तर तिनीहरूले आफ्नो घर पहरामा बनाउँदछन्, सलहहरू; जसका राजा छैनन्, तापनि तिनीहरू दल-दल गरी उड्दछन्। छेपारो; त्यसलाई हातमा पक्रन सकिन्छ तर तिनीहरू राजमहलमा पनि पाइन्छन्।