YouVersion लोगो
खोज आइकन

हितोपदेशको पुस्तक 16:1-13

हितोपदेशको पुस्तक 16:1-13 NERV

मानिसले भन्न चाहन्छ त्यो आफूले निर्णय गर्छ तर त्यो कुरा व्यक्त गर्नु चाहिने ठीक शब्दहरू चुन्नमा ऊ परमप्रभुमा भर पर्छ। मानिसले सोच्छ कि उसले गरेको प्रत्येक कुराहरू सही हो तर परमप्रभुले उसका अभिप्रायहरू जाँच्नु हुन्छ। तिनीले जे सुकै गर त्यसलाई परमप्रभुमा सुम्पिदेऊ, अनि तिम्रो योजना सफल हुनेछ। परमप्रभुले प्रत्येक वस्तु आफ्नो उद्देश्यमूलक योजनाले रच्नु भएको हो र दुष्ट मानिसहरूलाई पनि उहाँले तिनीहरूको विपत्तिको योजना गर्नु भएको छ। जुन मानिसले आफूलाई अरू भन्दा असल सम्झन्छ, त्यसलाई परमप्रभुले घृणा गर्नु हुन्छ। निःसंन्देह त्यस्तो घमण्डी मानिसलाई उहाँले दण्ड दिनु हुन्छ। राज भक्ति अनि विश्वासयोग्यताले दोषलाई मेटिदिन्छ। अनि परमप्रभु प्रतिको सम्मानले विपत्तिबाट बचाउँछ। परमप्रभुलाई जब एकजना मानिसको मार्ग मन पर्छ उहाँले उसको शत्रुलाई पनि ऊ सित प्रेमभावमा बस्ने बनाउनु हुन्छ। बेइमानीको माध्यमबाट पाएको ठूलो लाभ भन्दा, धार्मिकताबाट कामाएको थोरै धन उत्तम हो। हृदयमा मानिसले आफ्नो मार्ग ठीक पार्छ तर परमप्रभुले उसको गोडाहरूलाई मार्ग दर्शन गराउनु हुन्छ। राजाले बोलेको नै नियम बन्दछ, यसर्थ उसले न्यायसँग बोल्नु पर्छ। सही तराजु र नाप परमप्रभु सित सम्बन्धित रहन्छन्। उहाँ चाहानु हुन्छ कि सबै व्यवसाय-धन्धाहरू न्याय पूर्वक रहुन्। राजाले दुष्ट्याईं गर्नु घृणीत हो किनभने धार्मीकताद्वारा सिंहासन सबल हुन्छ। साँच्चो कुरा सुन्न मन पराउँने राजाहरूले ईमानदारीसंग बोल्ने मानिसहरूलाई मन पराउँछन्।