YouVersion लोगो
खोज आइकन

गन्तीको पुस्तक 16:41-50

गन्तीको पुस्तक 16:41-50 NERV

अर्को दिन इस्राएलका मानिसहरूको सम्पूर्ण समुदाय मोशा र हारूनको विरोधमा गुनासो गरे र भने, “तिमीहरूले परमप्रभुका मानिसहरूलाई मार्यौ।” सम्पूर्ण समुदाय मोशा र हारूनको विरोध गर्न भेला हुँदै गर्दा तिनीहरूले भेट हुने पाल तर्फ हेरे अनि देखे कि पाललाई बादलले ढाक्यो र त्यहाँ परमप्रभुको महिमा देखापर्यो। तब मोशा र हारून भेट हुने पालको सामुन्ने आए। परमप्रभुले मोशालाई भन्नुभयो, “यो समुदायबाट तिमीहरू अलग हौ ताकि यिनीहरूलाई म अति शीघ्र ध्वंश पार्न सकुँ।” यसर्थ मोशा र हारूनले शिर निहुराए। त्यसपछि मोशाले हारूनलाई भने, “धूपौरो ल्याऊ र त्यसकहाँ वेदीबाट आगो हालेर धूप हाल। अनि त्यो समुदाय भएकोमा झट्टै गएर तिनीहरूलाई प्रयाश्चित गराऊ। किनभने परमप्रभु क्रोधित हुनु भएको छ र महामारी शुरू भएको छ।” यसर्थ मोशाले भने जस्तै हारूनले धूपौरो लिएर मानिसहरूको बीचमा पसे र चाल पाए कि महामारी शुरू भई सकेको थियो अनि धूपौरोमा धूप हाली मानिसहरूको निम्ति प्राश्चित गरे। तिनी जिउँदो र मरेको मानिसहरू बीचमा उभिए अनि महामरी रोकियो। कोरहको कारणले मर्नेहरूको संख्याको अतिरिक्त त्यहाँ महामारीले मरेकाहरूको संख्या 14,700 पुग्यो। त्यसपछि हारून भेट हुने पालमा मोशालाई भेट्न गए। महामारी थामियो।