YouVersion लोगो
खोज आइकन

गन्ती 16:41-50

गन्ती 16:41-50 NNRV

भोलिपल्‍ट इस्राएलीहरूका जम्‍मै समुदायले मोशा र हारूनका विरुद्धमा यसो भनेर गनगनाए, “तपाईंहरूले नै परमप्रभुका मानिसहरूलाई मार्नुभएको हो।” तर जब समुदायले मोशा र हारूनका विरुद्धमा भेला भई भेट हुने पालतिर हेरे, तब अचानक बादलले त्‍यसलाई ढाक्‍यो, र परमप्रभुको महिमा देखा पर्‍यो। मोशा र हारून भेट हुने पालको अगि गए, अनि परमप्रभुले मोशालाई भन्‍नुभयो, “तिमीहरूचाहिँ यस समुदायबाट पर हटिजाओ, र म यिनीहरूलाई पलभरमा भस्‍म पार्नेछु।” तब तिनीहरू घोप्‍टो परे। अनि मोशाले हारूनलाई भने, “तपाईंको धुपौरो लिनुहोस्, र त्‍यसमा वेदीबाट आगो राखेर धूप हाल्‍नुहोस्, र तुरुन्‍तै त्‍यस समुदायकहाँ लगेर तिनीहरूका निम्‍ति प्रायश्‍चित गर्नुहोस्, किनकि परमप्रभुको क्रोध दन्‍किसकेको छ— विपत्ति सुरु भएको छ।” तब मोशाले भनेझैँ हारून धुपौरो लिएर समुदायको माझमा दौड़ेर गए। विपत्ति मानिसहरूका बीचमा आइसकेको थियो, तर तिनले धूप हालेर मानिसहरूका निम्‍ति प्रायश्‍चित गरे। तिनी मरेका र जिउँदाहरूका बीचमा खड़ा भए, र विपत्ति थामियो। कोरहको घटनामा मरेकाबाहेक त्‍यस बेला विपत्तिले मरेकाहरू चौध हजार सात सय थिए। विपत्ति थामिएपछि हारून भेट हुने पालमा मोशाकहाँ फर्के।