गन्ती 16:41-50
गन्ती 16:41-50 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
भोलिपल्ट इस्राएलका सारा समुदाय मोशा र हारूनको विरुद्धमा गनगन गर्दै तिनीहरूले भने, “तिमीहरूले याहवेहका मानिसहरूलाई मार्यौ।” तर जब समुदाय मोशा र हारूनको विरुद्धमा भेला भए; अनि भेट हुने पालतिर फर्के, तब अचानक त्यसलाई बादलले ढाक्यो। अनि याहवेहको महिमा देखा पर्यो। तब मोशा र हारून भेट हुने पालको सामु गए। अनि याहवेहले मोशालाई भन्नुभयो, “तिमीहरू यस समुदायबाट अलग भइहाल, ताकि म एकैचोटिमा यिनीहरूको अन्त्य गर्न सकूँ।” अनि तिनीहरू भुइँमा घोप्टो परे। त्यसपछि मोशाले हारूनलाई भने, “आफ्नो धुपौरो लिएर त्यसमा धूप बाल्नुहोस्। साथै वेदीबाट बलिरहेको कोइला लिएर समुदायका निम्ति प्रायश्चित गर्नलाई झट्टै तिनीहरूकहाँ जानुहोस्। याहवेहको क्रोध खनिएको छ; विपत्ति सुरु भइसकेको छ।” यसकारण मोशाले भनेअनुसार हारूनले गरे। अनि दगुरेर समुदायको बीचमा गए। मानिसहरूका बीचमा अगि नै विपत्ति सुरु भइसकेको थियो। तर हारूनले धूप चढाएर तिनीहरूका निम्ति प्रायश्चित गरे। हारून जीवित र मरिसकेकाहरूका बीचमा खडा भए; तब विपत्ति थामियो। तर त्यहाँ कोरहको कारण मारिएकाहरूबाहेक 14,700 व्यक्तिहरू पनि यस विपत्तिमा मरेका थिए। त्यसपछि हारून भेट हुने पालको प्रवेशद्वारमा मोशाकहाँ फर्केर गए; किनकि विपत्ति थामिसकेको थियो।
गन्ती 16:41-50 पवित्र बाइबल (NERV)
अर्को दिन इस्राएलका मानिसहरूको सम्पूर्ण समुदाय मोशा र हारूनको विरोधमा गुनासो गरे र भने, “तिमीहरूले परमप्रभुका मानिसहरूलाई मार्यौ।” सम्पूर्ण समुदाय मोशा र हारूनको विरोध गर्न भेला हुँदै गर्दा तिनीहरूले भेट हुने पाल तर्फ हेरे अनि देखे कि पाललाई बादलले ढाक्यो र त्यहाँ परमप्रभुको महिमा देखापर्यो। तब मोशा र हारून भेट हुने पालको सामुन्ने आए। परमप्रभुले मोशालाई भन्नुभयो, “यो समुदायबाट तिमीहरू अलग हौ ताकि यिनीहरूलाई म अति शीघ्र ध्वंश पार्न सकुँ।” यसर्थ मोशा र हारूनले शिर निहुराए। त्यसपछि मोशाले हारूनलाई भने, “धूपौरो ल्याऊ र त्यसकहाँ वेदीबाट आगो हालेर धूप हाल। अनि त्यो समुदाय भएकोमा झट्टै गएर तिनीहरूलाई प्रयाश्चित गराऊ। किनभने परमप्रभु क्रोधित हुनु भएको छ र महामारी शुरू भएको छ।” यसर्थ मोशाले भने जस्तै हारूनले धूपौरो लिएर मानिसहरूको बीचमा पसे र चाल पाए कि महामारी शुरू भई सकेको थियो अनि धूपौरोमा धूप हाली मानिसहरूको निम्ति प्राश्चित गरे। तिनी जिउँदो र मरेको मानिसहरू बीचमा उभिए अनि महामरी रोकियो। कोरहको कारणले मर्नेहरूको संख्याको अतिरिक्त त्यहाँ महामारीले मरेकाहरूको संख्या 14,700 पुग्यो। त्यसपछि हारून भेट हुने पालमा मोशालाई भेट्न गए। महामारी थामियो।
गन्ती 16:41-50 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भोलिपल्ट इस्राएलीहरूका जम्मै समुदायले मोशा र हारूनका विरुद्धमा यसो भनेर गनगनाए, “तपाईंहरूले नै परमप्रभुका मानिसहरूलाई मार्नुभएको हो।” तर जब समुदायले मोशा र हारूनका विरुद्धमा भेला भई भेट हुने पालतिर हेरे, तब अचानक बादलले त्यसलाई ढाक्यो, र परमप्रभुको महिमा देखा पर्यो। मोशा र हारून भेट हुने पालको अगि गए, अनि परमप्रभुले मोशालाई भन्नुभयो, “तिमीहरूचाहिँ यस समुदायबाट पर हटिजाओ, र म यिनीहरूलाई पलभरमा भस्म पार्नेछु।” तब तिनीहरू घोप्टो परे। अनि मोशाले हारूनलाई भने, “तपाईंको धुपौरो लिनुहोस्, र त्यसमा वेदीबाट आगो राखेर धूप हाल्नुहोस्, र तुरुन्तै त्यस समुदायकहाँ लगेर तिनीहरूका निम्ति प्रायश्चित गर्नुहोस्, किनकि परमप्रभुको क्रोध दन्किसकेको छ— विपत्ति सुरु भएको छ।” तब मोशाले भनेझैँ हारून धुपौरो लिएर समुदायको माझमा दौड़ेर गए। विपत्ति मानिसहरूका बीचमा आइसकेको थियो, तर तिनले धूप हालेर मानिसहरूका निम्ति प्रायश्चित गरे। तिनी मरेका र जिउँदाहरूका बीचमा खड़ा भए, र विपत्ति थामियो। कोरहको घटनामा मरेकाबाहेक त्यस बेला विपत्तिले मरेकाहरू चौध हजार सात सय थिए। विपत्ति थामिएपछि हारून भेट हुने पालमा मोशाकहाँ फर्के।

गन्ती 16:41-50 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
भोलिपल्ट सारा जन-समुदायले मोशा र हारूनलाई दोष दिदै भने, “तिमीहरूले परमप्रभुका जनहरूलाई मारेका छौ।” मोशा र हारूनको विरोध गर्न तिनीहरू सबै भेला भएपछि तिनीहरू पवित्र पालतर्फ फर्के। तिनीहरूले त्यसलाई बादलले छोपेको र त्यहाँ परमप्रभुको उपस्थितिको तिरीमिरी पार्ने ज्योति चम्केको देखे। मोशा र हारून गएर पवित्र पालको सामुन्ने उभिए अनि परमप्रभुले मोशालाई भन्नुभयो, “यी मानिसहरूबाट पछि हट् र म तिनीहरू उभिएकै ठाउँमा तिनीहरूलाई नाश पार्नेछु!” ती दुई भूइँमा घोप्टो परे र मोशाले हारूनलाई भने, “तिम्रो आगोको धुपौरोमा बल्दो आगो वेदीबाट लिएर त्यसमाथि केही धूप हाल। तब त्यसलाई लिएर मानिसहरूकहाँ छिटो-छिटो जाऊ र तिनीहरूका निम्ति शुद्धीकरणको विधि पूरा गर। चाँडो गर! परमप्रभुको रिस खनिएको छ र विपत्ति सुरु भइसकेको छ।” हारूनले त्यो कुरा माने, आफ्नो आगोको धुपौरो लिएर हारून मानिसहरूका बीचमा दगुरेर गए। विपत्ति सुरु भइसकेको देखेर तिनले धूप आगोमा हाले र मानिसहरूको निम्ति शुद्धीकरणको विधि पूरा गरे। त्यसले गर्दा विपत्ति रोकियो र हारून जिउँदा र मरेकाहरूका बीचमा खडा रहे। त्यहाँ मर्नेहरूको सङ्ख्या कोरहका विद्रोहमा मारिएकाहरूको गन्तीबाहेक चौध हजार सात सय थियो। विपत्ति रोकिएपछि हारून मोशाकहाँ पवित्र पालको ढोकामा फर्की आए।