अनि हाम्रा शत्रुहरूले भने, ‘तिनीहरूले यहूदीहरू हामीहरू तिनीहरूको माझ आएर तिनीहरूलाई मारेर काम नरोकेसम्म केही पनि जान्ने अनि देख्ने छैनन्।’” जब यहूदी जो हाम्रो शत्रुहरूको बीचमा बस्थे आए तिनीहरूले दोहोर्याई-दोहोर्याई भने, “हाम्रो शत्रुहरूले हामीहरूलाई चारैतिरबाट आक्रमण गर्नेछन्।” तब मैले मानिसहरूलाई पर्खालको पछि सब भन्दा तल्लो खुल्ला ठाउँमा राखें र तल्लो खुल्ला भूमिहरूमा पठाएँ। मैले मानिसहरूलाई तिनीहरूको परिवार अनुसार तरवार, भाला अनि धनुहरूसित तैनाथ गराएँ। सबै कुरा हेरे पछि मैले तुरन्तै मुख्य अधिकारीहरू र अन्य मानिसहरूलाई भने, “तिनीहरूसित भयभीत न होऊ। यादगर हाम्रा परमप्रभु महान् अनि शक्तिशाली हुनुहुन्छ। एका-अर्काको सम्मुख आफ्ना भाइहरू, आफ्ना छोरा-छोरीहरू अनि, आफ्ना पत्नीहरू र घरका निम्ती लडाईं गर।” जब हाम्रा शत्रुहरूले तिनीहरूका सबै योजनाहरू हामीलाई थाहा भएको छ भनी सुने, अनि परमेश्वरले तिनीहरूको योजना ध्वंश पारीदिनु भयो। हामी सबै आ-आफ्ना काम गर्न पर्खाल तिर आयौं। त्यस दिन देखि मेरा आधा सेवकहरू पर्खालको काममा जुटे अनि आधाले ढाल, भाला, धनु अनि देह-कवच धारण गरे। अनि अगुवाहरू यहूदाका समस्त मानिसहरूको पछि उभिए। भारी बोक्नेहरूले एकहातले भार थामी अर्कोहातले हतियार समाती काम गरे। प्रत्येक निर्माण-कर्ताहरूले निर्माण गर्दै गर्दा आफ्नो तरवार एक छेउमा बाँधेका थिए। अनी जसले तुरही फुक्थ्यो मेरो छेउमा थियो।
नहेम्याहको पुस्तक 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: नहेम्याहको पुस्तक 4:11-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू