YouVersion लोगो
खोज आइकन

मर्कूसको सुसमाचार 14:1-25

मर्कूसको सुसमाचार 14:1-25 NERV

निस्तार र अखमिरी रोटीको चाडको निम्ति अब केवल दुइ दिन बाँकि थियो। मुख्य पूजाहारीहरू र शास्त्रीहरू येशूलाई पक्रन अनि मार्ने जाल साजीको भयानक खोजमा थिए। तिनीहरूले भने, “तर चाडको समयमा हामीले येशूलाई पक्रनु हुँदैन किनभने मानिसहरू क्रोधित हुनेछन् अनि दङ्गा मच्चाउने डर हुन्छ।” येशू बेथानियामा हुनुहुन्थ्यो। सिमोन कुष्ठरोगीको घरमा एउटा मेचमा उहाँ खाना खाँदै हुनुहुनथ्यो त्यसैबेला एउटी स्त्री उहाँकहाँ आई। त्यस स्त्रीले एउटा अति मूल्यावान सिंगमरमरको भुँडुल्को भरि अत्तरको सुग्न्ध भरेर ल्याएकी थिईन्। त्यो सुगन्ध शुद्ध जटामसीद्वारा तयार गरिएको थियो। त्यस पछि त्यस स्त्रीले जारको बिर्को खोली अनि येशूको शिरमा सुगन्ध खन्याइदिई। केही चेलाहरूले यी देखेर रिसाए अनि एक अर्कामा कुरा गर्न थाले। तिनीहरूले भने, “त्यसले किन यो सुगन्ध नष्ट गरेको त्यो अत्तर र्वषभरिको कमाई हो। यसलाई बेच्न सकिन्थ्यो अनि पैसा गरीबलाई दिन सकिन्थ्यो।” अनि तिनीहरूले त्यस स्त्रीको कडा आलोचना गरे। येशूले भन्नुभयो, “त्यस स्त्रीलाई एक्लो छोडिदेऊ। त्यसलाई तिमीहरूले किन दिक्दारी दिइरहेछौ? त्यसले मेरो लागी खूबै राम्रो काम गरी। गरीब मानिसहरू सधैँ तिमीहरूसँग हुनेछन्। तिनीहरूले जतिबेला चाहन्छौ त्यत्तिबेला तिनीहरूलाई मद्दत गर्नसक्छौ। तर म सधैँ तिमीहरूसँग हुने छैन। त्यस स्त्रीले मलाई जे जती गर्न सकी त्यत्ति गरी। त्यसले मेरो शरीरमाथि सुगन्ध छरिदिई। त्यसले मलाई मर्नु अघिनै गाड्नको तयारीका लागि यसो गरी। म तीमीहरूलाई साँच्चो भन्दछु। जहाँ कहीं पनि सारा संसारका मानिसहरूलाई सुसमाचारहरू प्रचार गरिनेछ, सारा जग्गामा सुसमाचारहरू सुनाऊ, त्यस स्त्रीले गरेको कुराहरू पनि उसको संझनाका निम्ति भनिनेछ।” त्यसपछि बाह्रजना प्रेरितहरू मध्ये एकजना चेला मुख्य पूजाहारीहरू भएकाहाँ गयो। यो चेलाको नाम थियो यहूदा इस्कारियोत। यहूदाले येशूलाई तिनीहरूको हातमा सुम्पेको चाहन्थ्यो। मुख्य पूजाहारीहरू यो सुनेर खुबै खुशी थिए। यसकोलागि तिनीहरूले उसलाई जति पनि पैसा दिन तयार थिए। अनि येशूलाई तिनीहरूको हातमा सुम्पन उचित समयको प्रतीक्षा यहूदाले गरिरहेका थिए। यो अखमिरी रोटीको पहिलो दिन थियो। त्यो त्यस्तै समय थियो जुनबेला यहूदी हरूले निस्तारको थुमाहरूलाई बलिदान दिने गदर्थे। येशूको चेलाहरू उहाँकहाँ आए अनि भने, “हामी जानेछौ अनि निस्तार चाडको भोज तयार पार्नेछौं। तपाँईंले हामीहरूले निस्तार चाडाको भोज तयार गरेको चाहनुहुन्छ?” येशूले आफ्नो दुइजना चेलाहरूलाई शहर पठाउनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “शहरमा जाऊ। त्यहाँ एउटा मानिसलाई गाग्रोमा पानी बोकेर आइरहेको भेट्नेछौ। तिनको पछि लाग। त्यो मानिस एउटा घरभित्र पस्नेछ। त्यही घरमा गएर त्यो घरको मालिकसँग भनः ‘गुरूज्यू सौध्नु हुन्छ उहाँ अनि उहाँका चेलाहरू निस्तार चाडको भोज खाने कोठा कहाँ होलान्।’ घर मालिकले तिमीहरूलाई मातिल्लो तलाको ठूलो कोठा देखाउनेछ जो सजाएर तयार पारेको छ। हाम्रा निम्ति त्यहाँ बन्दोबस्त गर।” यसकारण चेलाहरू गए अनि शहरमा पसे येशूले भन्नु भएको जस्तै तिनीहरूले सबै कुराहरू भेट्टाए। यसर्थ तिनीहरूले नै निस्तार चाडको भोज तयार गरे। साँझमा, येशू आफ्ना बाह्रजना प्रेरितहरू लिएर त्यो घरमा जानुभयो। जब तिनीहरू खाँदै थिए, येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। तिमीहरू बाह्रजना मध्ये एकजानले मलाई विश्वास घात गर्नेछौ। त्यो एकजनाले मसँगै अहिले खाईरहेको छ।” चेलाहरू यो सुनेर खुबै दुःखी भए। तिनीहरू सबैले येशूलाई भने, “निश्चयनै त्यो म होइनः ठीक हो?” येशूले भन्नुभयो, “उ बाह्रजना मध्ये एक हो। उ त्यही हो जसले मसँगै कचौरामा रोटी चोप्दैछ। मानिसको पुत्र जानेछ अनि मर्नेछ। किनकि उनको बारेमा धर्मशास्त्रहरूमा लेखिएको छ। तर त्यस मानिसलाई धिक्कार छ जसद्वारा मानिसको पुत्रलाई विश्वासघात गरिनेछ। बरू पहिल्यै नजन्मेको भए त्यो मानिसलाई यो धेरै राम्रो हुनथियो।” जब उनीहरू खाँदै थिए, येशूले केही रोटी लिनुभयो अनि त्यसको निम्ति परमेश्वरलाई धन्वाद दिनुभयो। तब उहाँले त्यसलाई टुक्रा-टुक्रा पार्नुभयो, अनि आफ्ना चेला हरूलाई दिनुभयो। उहाँले भन्नुभयो, “यो लेऊ यो मेरो शरीर हो।” त्यसपछि येशूले कचौरा लिनुभयो अनि यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो। तब उहाँले त्यो आफ्ना चेलाहरूलाई दिनुभयो। तिनीहरूले कचौराबाट पिए। त्यसपछि येशूले भन्नुभयो, “यो नयाँ करारको मेरो रगत हो। यो रगत धेरै मानिसहरूका निम्ति पोख्याएको हो। म तिमीहरूलाई साँच्चो भन्दछु। म यो दाखको रस फेरि त्यसबेलासम्म पिउँदिन जुनबेला सम्म म परमेश्वरको राज्यमा यसलाई नयाँ पिएको हुँदिनँ।”