YouVersion लोगो
खोज आइकन

मर्कूसको सुसमाचार 10:14-16

मर्कूसको सुसमाचार 10:14-16 NERV

त्यहाँ जे घट्ना घट्यो येशूले देख्नुभयो। उहाँले बालकहरूलाई उहाँकहाँ नआउनु भनेर रोकेकोमा क्रोध प्रकट गर्नुभयो। येशूले तिनीहरूलाई भन्नुभयो, “साना बालकहरूलाई मकहाँ आउन देऊ। तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य तिनीहरूको नै हो जो यी बालकहरू जस्तै छन्। म तिमीहरूलाई साँच्चो भन्दछु। तीमीहरूले परमेश्वरको राज्यलाई ग्रहण गर्नै पर्दछ, जसरी सानो बालकले दिइएको कुरा स्वीकार्दछ, नत्र भने तिमीहरू कहिल्यै त्यहाँ पस्न पाउने छैनौ।” त्यसपछि येशूले ती बालकलाई आफ्नो काखमा लिनुभयो। उहाँले आफ्नो हातहरू तिनीहरूमाथि राख्नुभयो अनि आशीर्वाद दिनुभयो।