YouVersion लोगो
खोज आइकन

मत्तीको सुसमाचार 3:1-9

मत्तीको सुसमाचार 3:1-9 NERV

त्यही समयमा बप्तिस्मा दिने यूहन्ना देखापरे। अनि यहूदियाको मरूभूमिमा प्रचार गर्न थाले। तिनले भने, “पश्चाताप गर, आफ्नो हृदय र रहन-सहन परिवर्तन गर, किनभने स्वर्गको राज्य चाँडै आउन लागेको छ।” बप्तिस्मा दिने यूहन्ना उही हुन् जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो। यशैयाले भनेका थिए, “मरुभूमिमा एकजना कराइरहेछन्: ‘परमप्रभुको बाटो तयार पार। उहाँका मार्गहरू सोझोबनाऊ।’” यूहन्नाको लुगा ऊँटको रौको थियो। तिनको कम्मरमा छालाको पेटी थियो। तिनको आहार सलह र वन-मह थियो। यूहन्नाको सन्देश सुन्न मानिसहरू एकत्र भए। यरूशलेम र सारा यहूदिया र यर्दन नदी वरिपरि सबै भागका मानिसहरू तिनीहरूकहाँ गए। आफ्नो पाप स्वीकार गरे पछि मानिसहरू आए अनि यूहन्नाद्वारा यर्दन नदीमा बप्तिस्मा लिए। धेरै फरिसीहरू र सदुकीहरू यूहन्नाकहाँ बप्तिस्मा लिनका निम्ति आए। जब यूहन्नाले तिनीहरूलाई देखे तिनले भने, “हे सर्पका सन्तान हो, आउन लागेको परमेश्वरको क्रोधबाट भाग्न कसले तिमीहरूलाई चेताउनी दियो? तिमीहरू यस्तो काम गर। जसबाट, तिमीहरूको हृदय र रहन-सहन साँच्चै परिवर्तन भएको बुझिनेछ। अनि ‘अब्राहामनै हाम्रा पिता हुनुहुन्छ’ भन्ने कुरा आपसामा विचार नगर। म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी ढुङ्गाबाट अब्राहामका लागि सन्तान प्रदान गर्न सक्नुहुन्छ।

Video for मत्तीको सुसमाचार 3:1-9