त्यसपछि पत्रुस येशूकहाँ आएर सोधे, “प्रभु मेरो भाइले मेरो विरोधमा घरिघरि गल्ती गर्दछ, तब मैले कति पटक सम्म उसलाई क्षमा गर्नु? के सातपल्ट सम्म?” येशूले जवाफ दिनूभयो, “म तिमीहरू सबैलाई भन्दछु, यदि उसले आफ्नो गल्ती गरिरह्यो भने पनि तिमीले सात गुणा सत्तरी पटकसम्म क्षमा दिनुपर्छ।” “यसकारण स्वर्गको राज्य एउटा राजा जस्तै हो जसले आफ्ना नोकरहरूबाट हिसाब मिलाउने निश्चय गर्यो। राजाले हिसाब मिलाउन शुरू गरे। उसको एउटा नोकर हजारौं चाँदीको सिक्काको ऋणी थियो। त्यो नोकर आफ्नो ऋण तिर्न असमर्थ थियो। राजाले उसलाई, उसकी पत्नी, उसका नानीहरू अनि उसित भएका सबै कुरा बेचेर ऋण चुकाउनलाई आदेश गरे।
मत्तीको सुसमाचार 18 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्तीको सुसमाचार 18:21-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू