तब उहाँकहाँ आएर पत्रुसले भने, “प्रभु, मेरो भाइले कति पल्ट मेरो विरुद्धमा अपराध गरे मैले त्यसलाई क्षमा गर्ने? के सात पल्टसम्म?” येशूले तिनलाई भन्नुभयो, “म तिमीलाई भन्दछु, सात पल्ट होइन, तर सत्तरी गुणा सात पल्ट। “यसैकारण स्वर्गको राज्य एउटा राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्ना नोकरहरूसँग हिसाब लिने इच्छा गरे। जब तिनले हिसाब लिन लागे, दश हजार सुनका सिक्का ऋण लिने एक जना तिनीकहाँ ल्याइयो। तर त्यस मानिसले तिर्न नसक्दा त्यसका मालिकले त्यसलाई र त्यसका पत्नी र छोरा-छोरी र त्यसका सबै थोक बेची ऋण चुकाउने हुकुम दिए।
मत्ती 18 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 18
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 18:21-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू