दुइजना अरू अपराधीहरूलाई पनि उहाँसँग मार्न अघि लगाइएको थियो। येशू र ती दुइ अपराधीहरूलाई “खप्परे” भन्ने ठाँउमा लगियो। सिपाहीहरूले येशूलाई काँटी ठोकेर क्रूसको दुइ छेउमा तिनीहरूले ती दुइ अपराधीहरूलाई पनि टाँगे। तिनीहरूले एकजनालाई येशूको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि राखे। येशूले भन्नुभयो, “हे पिता, तिनीहरूलाई माफ दिनुहोस् किनभने तिनीहरू के गरिरेहछन्, जान्दैन्।” सिपाहीहरूले चिट्ठा उढाएर उनको लुगाहरू बाँडे। मानिसहरू येशूलाई हेरेर उभिए। यहूदी प्रमुखहरू येशूलाई यसो भन्दै निन्दा गरे, “यदि ऊ नै परमेश्वरले छान्नु भएको, ख्रीष्ट हो भने, जसरी उसले अरूलाई बचायो उसले आफैंलाई बचाउने काम गरोस्?” सिपाहीहरूले पनि येशूको खिल्ली उडाए। तिनीहरू येशूको नजीक गए अनि उहाँलाई दाखरसको सिर्का-दिए। ती सिपाहीहरूले भने, “यदि तिमी यहूदीहरूको राजा हौ भने आफैंले आफैंलाई बचाउ।” क्रूसको माथिल्लो भागमा यी शब्दहरू लेखिएको थिए “यो यहूदीहरूको राजा हो।” एकजना अपराधीले येशूलाई अपमान गर्दै भन्यो, “के तपाईं ख्रीष्ट हुनुहुन्न? त्यसो हो भने आफूलाई बँचाउनु होस् अनि हामीलाई पनि बचाउनुहोस्।” तर अर्को अपराधीले गाली गर्यो अनि भन्यो, “के तिमी परमेश्वससँग डराउँछौ? हामी चाँडै मर्नेछौं। तिमी र म अपराधी हौं हामीले मर्नै पर्छ किनभने हामीले अपराध गरेका छौं। तर यस मानिसले केही भूल गरेको छैन!” त्यसपछि उसले येशूलाई भन्यो, “हे येशू! जब तपाईं राजा भएर शासन गर्नुहुन्छ त्यसबेला मलाई सम्झनु होस्।” तब येशूले त्यसलाई भन्नुभयो, “सुन! जे भन्दछु त्यो साँच्चो होः आज नै तिमी पनि मसँग स्वर्ग-लोकमा हुनेछौ!” अत प्राथः मध्यदिन समय भएको थियो, र सारा देश-भरि नै तीन बजे सम्म अन्धकार छायो। सूर्यको उज्यालो थिएन! मन्दिरको पर्दा दुइटुक्रा भएर वारपार च्यातियो। येशू चिच्याउनुभयो, “हे पिता, म तपाईंलाई मेरो आत्मा दिँदैछु।” यति भनेर उहाँले आफ्नो प्राण त्यागनुभयो। सैनिक अधिकारीले के भएको थियो देखे। तिनले परमेश्वरको प्रशंसा गर्दै भने, “निश्चय यी मानिस धार्मिक मानिस हुन्।” धेरै मानिसहरू यो दृश्य हेर्न त्यहाँ भेला भएका थिए। जब तिनीहरूले के भयो, देखे तिनीहरूले आफ्नो हृदय गहौं गराए अनि गए। येशूका घनिष्ट सबै साथीहरू त्यहीं थिए। गालीलदेखि येशूलाई पछ्याएर आउने केही स्त्रीहरू पनि त्यहाँ थिए। तिनीहरू क्रूसदेखि धेरै टाढा़ थिए अनि हेरिरहेका थिए। यहूदीहरूको अरमथिया शहरबाट आएको एकजना मानिस थिए। तिनको नाउँ यूसुफ थियो। तिनी असल र धार्मीक मानिस थिए। ऊ परमेश्वरको राज्य आउने भनी र्पखिरहेका थिए। यूसुफ यहूदी महासभाका सदस्य थिए। तर तिनले येशूलाई मार्ने अरू यहूदी अगुवाहरूको निर्णयलाई तिनले सहमती दिएका थिएनन्। तिनी पिलातसकहाँ येशूको शरीर माग्न गए। पिलातसले तिनलाई येशूको शरीर दिन राजी भए। अनि यूसुफले क्रूसबाट शरीरलाई तल ओह्रालेर एउटा लुगाले बेह्रे। अनि तिनले येशूको शरीर लगे अनि चट्टानमा खनिएको चिहानमा राखे। यो चिहान अघि कहिल्यै चलाईएको थिएन। त्यो तयारीको दिन थियो। जब सूर्य अस्ताउँदै थियो, विश्रामको दिन शुरू हुनेवाला थियो। गालीलबाट येशूसँगै आएका स्त्रीहरूले यूसुफलाई पछ्याउन लागे। तिनीहरूले चिहान अनि त्यस भित्र शरीर कसरी राखिएको थियो देखे। त्यसपछि तिनीहरू सुगन्धित मसाला तयार पार्न घर गए। विश्रामको दिन मोशाको नियमको आज्ञा अनुसार तिनीहरूले विश्राम गरे।
लूकाको सुसमाचार 23 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूकाको सुसमाचार 23:32-56
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू