एक समय येशू कुनै एक ठाउँमा प्रार्थना गरिरहनु भएको थियो। जब प्रार्थना गरी सक्नु भयो, उहाँको चेलाहरू मध्ये एकजनाले उहाँलाई भने, “यूहन्नाले आफ्ना चेलाहरूलाई प्रार्थना कसरी गर्नु पर्छ भनि सिकाए। हे प्रभु हामीले पनि कसरी प्रार्थना गर्नुपर्छ, सिकाउनुहोस्।” येशूले चेलाहरूलाई भन्नुभयो, “जब तिमीहरू प्रार्थना गछौं, तब यसरी गर, ‘हे पिता, हामी प्रार्थना गछौं कि तपाईंको नाउँ सधैँ पवित्र रहोस्। हामी प्रार्थना गर्दछौं कि तपाईंको राज्यको आओस्। दिनहुँ चाहिने भोजन हामीलाई दिनु होस्। हाम्रा पापहरू क्षमा गरीदिनुहोस्, जस्तो हामीले हामीसँग भूल गर्नेहरूलाई क्षमा दिएका छौं। अनि हामीलाई परीक्षामा पर्न नदिनु होस्।’” फेरि येशूले तिनीहरूलाई भन्नुभयो, “मानिलेऊ, तिमीहरूमध्ये कोही एकजना तिमीहरूको साथीको घरमा आधा रातमा जाउला अनि भनौला, ‘मेरा एकजना मित्र मलाई भेट्न अर्को शहरबाट आएका छन्। तर उहाँलाई खाना खुवाउनलाई मसित केही छैन। दया गरी मलाई तीनवटा रोटी देऊ।’ घरभित्रबाट तिम्रो मित्रले भन्नेछ, जाऊ, मलाई तकलीफ नदेऊ। ढोका अघि नै बन्द भइसकेकोछ। म र मेरा छोरा छोरीहरू ओछ्यानमा छन्। अहिले उठेर म तिमीलाई रोटी दिन सक्तिनँ। म के भन्दछु भने मित्रताको नाताले मात्र ऊ उठदैन अनि रोटी दिंदैनँ, तर उसलाई चाहिएको वस्तु यदि उसले लगातार मागिरह्यो भने उसको ढिट्पनाले गर्दा मित्रले उठेर मागेको कुरो दिनेछ। फेरि म तिमीहरूलाई भन्दछु, माग अनि तिमीहरूलाई दिइनेछ, खोज अनि तिमीहरू पाउनेछौ, ढक्ढकाउ अनि तिमीहरूको निम्ति ढोका उघारिनेछ। किनभने हरेक जसले माग्दछ, उसले पाउँदछ, अनि जसले खोज्दछ उसले भट्टाउँछ। अनि जसले ढक्ढकाउँछ, उसको निम्ति ढोका उघारिनेछ। तिमीहरू मध्ये कसको छोरो होला? यदि तिम्रो छोरोले माछा माँगे, तिमी उसलाई के दिन्छौ? के तिम्रो पुत्रलाई तिमी सर्प दिन्छौ अँहँ! तिमी उसलाई माछा नै दिन्छै।
लूकाको सुसमाचार 11 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूकाको सुसमाचार 11:1-11
21 Days
Learn how best to pray, both from the prayers of the faithful and from the words of Jesus Himself. Find encouragement to keep taking your requests to God every day, with persistence and patience. Explore examples of empty, self righteous prayers, balanced against the pure prayers of those with clean hearts. Pray constantly.
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू