लूका 11:1-11
लूका 11:1-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँ कुनै एक ठाउँमा प्रार्थना गरिरहनुभएको थियो। उहाँले प्रार्थना गरिसक्नुभएपछि चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “हे प्रभु, यूहन्नाले आफ्ना चेलाहरूलाई सिकाएझैँ हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्।” उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले प्रार्थना गर्दा यसो भन, “‘हे पिता, तपाईंको नाउँ पवित्र गरिओस्, तपाईंको राज्य आओस्। हाम्रो दैनिक भोजन हामीलाई प्रतिदिन दिनुहोस्। हाम्रा पाप हामीलाई क्षमा गरिदिनुहोस्, किनकि हामी पनि हाम्रा विरुद्धमा अपराध गर्नेहरूलाई क्षमा गर्दछौं। हामीलाई परीक्षामा नलैजानुहोस्’।” अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिलेओ, तिमीहरूमध्ये कसैको एक जना मित्र छ। तिनी मध्यरातमा उनीकहाँ गएर भन्दछन्, ‘मित्र, मलाई तीन वटा रोटी पैँचो देऊ। किनकि मेरा एक जना साथी यात्राबाट मकहाँ आएका छन्, र तिनलाई खान दिन मसँग केही छैन।’ “उनले भित्रबाट जवाफ दिएर भन्छन्, ‘मलाई नझिँज्याऊ। ढोका अब बन्द भइसकेको छ, र मेरा केटाकेटीहरू मसँग ओछ्यानमा छन्। म उठेर तपाईंलाई केही दिन सक्दिनँ।’ म तिमीहरूलाई भन्दछु, मित्रताको नाताले उनले उठेर तिनलाई केही नदेलान्, तर तिनले खुरन्धार मागिरहेकाले उठेर उनले खाँचो परे जति तिनलाई दिनेछन्। “म तिमीहरूलाई भन्दछु, माग, त तिमीहरूलाई दिइनेछ। खोज, त तिमीहरूले भेट्टाउनेछौ। ढकढक्याओ, त तिमीहरूका निम्ति खोलिनेछ। किनकि हरेक जसले माग्छ त्यसले पाउँछ, जसले खोज्छ त्यसले भेट्टाउँछ, र जसले ढकढक्याउँछ त्यसको निम्ति खोलिनेछ। “तिमीहरूमध्ये कुनचाहिँ बुबा होला, जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला, कि माछा माग्दा माछाको सट्टा सर्प देला?

लूका 11:1-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एक दिन येशू कुनै ठाउँमा प्रार्थना गरिरहनुभएको थियो। उहाँले प्रार्थना गरिसक्नुभएपछि उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “प्रभु, यूहन्नाले आफ्ना चेलाहरूलाई सिकाएझैँ हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्।” उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले प्रार्थना गर्दा यसो भन: “ ‘हे पिता, तपाईंको नाम पवित्र गरियोस्। तपाईंको राज्य आओस्। हामीलाई हरेक दिन हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रा पापहरू क्षमा गरिदिनुहोस्; किनकि हामीले पनि हाम्रो विरुद्धमा पाप गर्ने हरेकलाई क्षमा गर्दछौँ। अनि हामीलाई परीक्षामा नल्याउनुहोस्।’ ” त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “मानौँ तिमीहरूको एक जना मित्र छन्, र तिमी मध्यरातमा तिनीकहाँ गएर भन्छौ, ‘ए मित्र, मलाई तीन वटा रोटी पैँचो देऊ न; किनकि मेरा एक जना मित्र यात्राबाट मकहाँ आएका छन्। तर तिनलाई खुवाउन मसँग केही पनि छैन।’ तब भित्रबाट तिनले जवाफ देलान्, ‘मलाई दुःख नदेऊ। ढोका बन्द भइसकेको छ। मेरा केटाकेटीहरू मसँगै ओछ्यानमा सुतेका छन्। म उठेर तिमीलाई केही दिन सक्दिनँ।’ म तिमीहरूलाई भन्दछु: तिनी एक मित्र भएर पनि तिनले उठेर तिमीलाई रोटी नदेलान्, तापनि तिमीले खुरन्धार मागिरहेको कारणले गर्दा तिनी उठ्नेछन्, र तिमीलाई चाहिएको जति दिनेछन्। “त्यसकारण म तिमीहरूलाई भन्दछु: माग, र तिमीहरूलाई त्यो दिइनेछ; खोज, र तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याओ, र तिमीहरूका निम्ति ढोका उघारिनेछ। किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ। जसले खोज्छ, त्यसले भेट्टाउँछ; अनि जसले घचघच्याउँछ, त्यसका निम्ति ढोका उघारिनेछ। “तिमीहरूमध्ये कुनचाहिँ त्यस्तो बुबा होला, जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला? अथवा माछा माग्दा त्यसलाई माछाको सट्टा सर्प देला?
लूका 11:1-11 पवित्र बाइबल (NERV)
एक समय येशू कुनै एक ठाउँमा प्रार्थना गरिरहनु भएको थियो। जब प्रार्थना गरी सक्नु भयो, उहाँको चेलाहरू मध्ये एकजनाले उहाँलाई भने, “यूहन्नाले आफ्ना चेलाहरूलाई प्रार्थना कसरी गर्नु पर्छ भनि सिकाए। हे प्रभु हामीले पनि कसरी प्रार्थना गर्नुपर्छ, सिकाउनुहोस्।” येशूले चेलाहरूलाई भन्नुभयो, “जब तिमीहरू प्रार्थना गछौं, तब यसरी गर, ‘हे पिता, हामी प्रार्थना गछौं कि तपाईंको नाउँ सधैँ पवित्र रहोस्। हामी प्रार्थना गर्दछौं कि तपाईंको राज्यको आओस्। दिनहुँ चाहिने भोजन हामीलाई दिनु होस्। हाम्रा पापहरू क्षमा गरीदिनुहोस्, जस्तो हामीले हामीसँग भूल गर्नेहरूलाई क्षमा दिएका छौं। अनि हामीलाई परीक्षामा पर्न नदिनु होस्।’” फेरि येशूले तिनीहरूलाई भन्नुभयो, “मानिलेऊ, तिमीहरूमध्ये कोही एकजना तिमीहरूको साथीको घरमा आधा रातमा जाउला अनि भनौला, ‘मेरा एकजना मित्र मलाई भेट्न अर्को शहरबाट आएका छन्। तर उहाँलाई खाना खुवाउनलाई मसित केही छैन। दया गरी मलाई तीनवटा रोटी देऊ।’ घरभित्रबाट तिम्रो मित्रले भन्नेछ, जाऊ, मलाई तकलीफ नदेऊ। ढोका अघि नै बन्द भइसकेकोछ। म र मेरा छोरा छोरीहरू ओछ्यानमा छन्। अहिले उठेर म तिमीलाई रोटी दिन सक्तिनँ। म के भन्दछु भने मित्रताको नाताले मात्र ऊ उठदैन अनि रोटी दिंदैनँ, तर उसलाई चाहिएको वस्तु यदि उसले लगातार मागिरह्यो भने उसको ढिट्पनाले गर्दा मित्रले उठेर मागेको कुरो दिनेछ। फेरि म तिमीहरूलाई भन्दछु, माग अनि तिमीहरूलाई दिइनेछ, खोज अनि तिमीहरू पाउनेछौ, ढक्ढकाउ अनि तिमीहरूको निम्ति ढोका उघारिनेछ। किनभने हरेक जसले माग्दछ, उसले पाउँदछ, अनि जसले खोज्दछ उसले भट्टाउँछ। अनि जसले ढक्ढकाउँछ, उसको निम्ति ढोका उघारिनेछ। तिमीहरू मध्ये कसको छोरो होला? यदि तिम्रो छोरोले माछा माँगे, तिमी उसलाई के दिन्छौ? के तिम्रो पुत्रलाई तिमी सर्प दिन्छौ अँहँ! तिमी उसलाई माछा नै दिन्छै।
लूका 11:1-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एकपल्ट कुनै एक ठाउँमा प्रभु येशू प्रार्थना गरिरहनुभएको थियो। प्रार्थना गरिसक्नुभएपछि उहाँका एउटा चेलाले भने, “प्रभु, यूहन्नाले आफ्ना चेलाहरूलाई प्रार्थना गर्न सिकाएजस्तै हामीलाई पनि सिकाउनुहोस्।” येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले यसरी प्रार्थना गर– हे परमेश्वर पिता, तपाईंको नाउँ पवित्र गरियोस्, तपाईंको राज्य आओस्, दिनहुँ चाहिने खानेकुरा हामीलाई हरेक दिन दिनुहोस्। हामीले गरेका पापहरू क्षमा गरिदिनुहोस् किनभने हाम्रो विरुद्धमा पाप गर्ने सबैलाई हामी पनि क्षमा गर्छौं। अनि हामीलाई खप्न नसक्ने जाँचमा नपार्नुहोस्।” त्यसपछि येशूले चेलाहरूलाई भन्नुभयो, “मानौं, तिमीहरू कसैको कोही साथी होला। आधा रातमा त्यस साथीकहाँ गएर भन्छौ, ‘ए साथी, तीन वटा रोटी पैंचो देऊ न। मेरो घरमा एक जना साथी धेरै टाढाबाट आएका छन्। तर मसित खानेकुरा केही छैन’। त्यस साथीले भित्रबाटै भन्यो, ‘मलाई दु:ख नदेऊ। ढोका लगाइसकें, बालकहरूसँग सुतिसकेको छु। अहिले म उठेर तिमीलाई केही पनि दिन सक्दिनँ’।” यति भनिसक्नुभएपछि येशूले तिनीहरूलाई सम्झाउनुभयो, “म तिमीहरूलाई भन्छु, उसले साथी सम्झेर नदिए पनि उसले एकोहोरो मागिरह्यो भने ऊ उठ्नेछ र मागे जति सबै उसलाई दिनेछ। “त्यसैले म तिमीहरूलाई भन्छु, माग त पाउनेछौ, खोज त भेट्टाउनेछौ, ढकढक्याओ त तिमीहरूको लागि ढोका उघारिनेछ किनभने माग्नेले पाउँछ, खोज्नेले भेट्टाउँछ र ढकढक्याउँनेका लागि ढोका उघारिनेछ। के तिमीहरूमध्ये कोही यस्तो बुबा पनि होला, जसले छोराले माछा माग्दा सर्प दिन्छ