यहूदामा हेरोदको शासन कालमा जकरिया नाउँ गरेका एकजना पूजाहारी थिए। जकरिया अबियाका पूजाहारी समूहका थिए। जकरियाकी पत्नी हारून वंशकी थिईन्। तिनको नाउँ इलीशिबा थियो। ती दुवै जकरिया र इलीशिबा परमेश्वर समक्ष असल मानिस थिए। जहाँ सम्म परमप्रभुको जम्मै आज्ञा र नियमहरूको सम्बन्ध छ तिनीहरू निष्कलंक थिए। तर जकरिया र इलीशिबा निःसन्तान थिए। इलीशिबा गर्भवती हुन सकिनन्, कारण तिनीहरू दुवै बृद्ध भइसकेका थिए। जब उनको समूहको सेवा गर्ने पालो थियो जकरियाले परमेश्वर अघि मानिसहरूको सेवा पूजाहारी भएर गरे। यस्तै उनको समूहको सेवा गर्ने समय थियो। पूजाहारीहरूले सधैँ एकजना पूजाहारीलाई धूप दिने गर्दथे। जकरिया यस्तै काम गर्ने छानिएको थिए। यसकारण उनले परमप्रभुको मन्दिरमा धूप जनाउनु पर्थ्यो। त्यहाँ जम्मै उपासकहरू बाहिर एकत्रित भएका थिए। धूप दिइएकै बेला तिनीहरू प्रार्थना गर्नमा तल्लीन थिए। त्यसपछि धूप जलिरहेको दाहिनेपट्टि परमप्रभुको एउटा स्वर्गदूत जकरियाको अघि उभिएका थिए। जब उनले स्वर्गदूतलाई देख्यो, जकरिया भ्रममा परे र डरले आत्तिए। ती स्वर्गदूतले जकरियालाई भने, “जकरिया, नडराऊ। तिम्रो प्रार्थनालाई परमेश्वरले सुनिदिनु भएकोछ। तिम्री पत्नी इलीशिबाले एउटा पुत्र जन्म दिनेछिन्। उनको नाउँ तिमीले यूहन्ना राखिदिनु। तिनले तिमीहरूमा आनन्द र खुशीयाली ल्याउनेछन्। तिनको जन्मले धेरै-धेरै मानिसहरूमा सुख ल्याउनेछ। परमप्रभुको सामुन्ने यूहन्ना तिनी एकजना महान मानिस बनिनेछन्। तिनले दाखरस अथवा मदिरा कदापि लिने छैनन्। तिनको जन्मबाट नै तिनी पवित्र आत्माले भरिएको हुनेछन्। “तिनी धेरै यहूदीहरूलाई परमप्रभु तिनीहरूका परमेश्वरतिर फर्काउने माध्यम हुनेछन्। तिनी आफैं अग्रदूत झैं परमप्रभुको अघि अघि जानेछन्। एलिया जस्तै तिनी पनि शक्ति सम्पन्न मानिस हुनेछन्। एलियामा भएकै आत्मा उनमा पनि हुनेछ। बाबुहरू र छोरा-छोरीहरू माझ उनले नै शान्ति बनाई राख्नेछन्। तिनीहरू जसले परमेश्वरको आज्ञा पालन गर्दैनन् त्यस्ताहरूलाई धार्मिक मानिसहरूलाई जस्तै सोंच्ने बानउनेछन्। परमप्रभुको आगमनका निम्ति मानिसहरूलाई उनले नै तयारी पार्नेछन्।” जकरियाले स्वर्गदूतलाई भने, “यो कुरा साँच्चो हो भनेर म कसरी निश्चित हुनु? म एउटा बूढो मानिस हुँ, अनि मेरी पत्नी पनि बुढी नै छिन्?” ती स्वर्गदूतले जवाफ दिए, “म गाब्रिएल हुँ। म परमेश्वरको अघि खड़ा रहन्छु। परमेश्वरले नै मलाई तिमीसित कुरागर्न र यिनै खुशीको सुसमाचार दिन पठाउनु भएको हो। अब सुन। यी कुराहरू पूरा नहुन्जेल सम्म तिमी लाटो हुनेछौ र बोल्न सक्नेछैनौ। किनभने मैले भनेको कुराहरू जो आफ्नो समयमा सत्य हुनेछ तिमीले विश्वास गरेका छैनौ।” बाहिरपट्टि, मानिसहरूले जकरियालाई पर्खिरहेका थिए। मन्दिरमा यति लामो समय सम्म बसेको देखेर तिनीहरू छक्क परिरहेका थिए। त्यसपछि जकरिया बाहिर आए, तर उनी बोल्न नसक्ने भएका थिए। उनी ती मानिसहरूका अघि देखा मात्र पर्न सक्थे। तब तिनीहरूले उनले मन्दिरभित्र केही दर्शन पाएको चाल पाए। उनले तिनीहरूसित इशारा मात्र गरिरहे अनि लाटा झैं बसिरहे। जब जकरियाको सेवाको दिन पूरा भयो, तिनी आफ्नो घरतिर लागे। केही समय पछि जकरियाको पत्नी इलीशिबा गर्भवती भइन्। अनि पाँच महीनासम्म उनी घरदेखि बाहिर निस्किनन्। इलीशिबाले भनिन्, “हेर, मलाई परमप्रभुले के गर्नुभएको छ। उहाँले मेरो एउटा नानी जन्मियोस् भनी निर्णय लिनु भयो। परमप्रभुले ममाथि यति कृपा गर्नु भयो कि अब उसो मानिसहरूको सामुन्नेबाट मलाई लाज मुक्त पार्नु भयो।”
लूकाको सुसमाचार 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूकाको सुसमाचार 1:5-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू