YouVersion लोगो
खोज आइकन

लूकाको सुसमाचार 1:39-55

लूकाको सुसमाचार 1:39-55 NERV

लगत्तै मरियम तयारी भइन् अनि यहूदिया गाउँको पहाडी शहरमा हत्तारिएर गईन्। तिनी जकरियाको घरमा गईन् अनि इलीशिबालाई शुभकामना दिईन्। जब इलीशिबाले मरियमको शुभकामना सुनिन्, तब तिनको गर्भको नानी उफ्रियो। अनि इलीशिबा पवित्र आत्माद्वारा भरिपूर्ण भइन्। तिनले जोरले चिच्याएर भनीन्, “अरू स्त्रीहरूलाई भन्दा परमेश्वरले तिमीलाई धेरै आशीर्वाद दिनुभएकोछ। अनि गर्भमा रहेको नानी पनि त्यस्तै अनुग्रहित छ। यस्तो कसरी हुन सक्यो कि मेरा परमप्रभुकि आमा मेरोमा आउनु पर्यो? जब मैले तिम्रो अभिवादन सुने, मेरो गर्भमा भएको बालक हर्षले उफ्रियो। तिमीलाई आशीर्वाद छ किनभने परमप्रभुले तिमीलाई भन्नु भएको कुरा पूरा हुनेछ भन्ने तिमीमा विश्वास थियो।” त्यसपछि मरियमले भनिन्, “मेरो आत्माले परमप्रभुको प्रशंसा गर्दछ, अनि मेरो हृदय परमेश्वरमा आनन्दित हुँदछ जो मेरा मुक्तिदाता हुनुहुन्छ। किनभने उहाँले आफ्नो दीन दासी प्रति कृपा गर्नु भयो। अब उप्रान्त सबै मानसहरूले मलाई अनुग्रहित मान्नेछन्, किनभने सर्वशक्तिमान परमेश्वरले मेरो निम्ति ठूला कार्याहरू गर्नुभएको छ। उहाँको नाउँ पवित्र होस्। जसले परमेश्वरलाई उपासना गर्छ, उसको पुस्तौं सम्म उहाँ दयालु हुनुहुन्छ। उहाँले आफ्नो बाहुबलद्वारा शक्ति प्रदर्शन गर्नु भएकोछ। उहाँले घमण्डीहरूलाई तिनीहरूको धनहरूको घमण्ड नष्ट गरिदिनु भएकोछ। उहाँले शक्तिशाली शासकहरूलाई सिंहासनबाट हटाउनुभएको छ, अनि नम्रहरूलाई उचाल्नु भएकोछ। उहाँले भोकाहरूलाई असल खाद्यहरूले तृप्त पार्नु भएकोछ, तर स्वार्थी र धनीहरूलाई रित्तै हात पठाई दिनु भएकोछ। उहाँ आफ्नो दास इस्राएललाई सहायता गर्न आउनु भएकोछ। उहाँले हामीलाई उहाँको कृपा दिनु भएकोछ। उहाँले अब्राहाम र उनका सन्तानलाई दया गर्न, हाम्रा पुर्खाहरूलाई दिएको वचन अनुसार सम्झनु भयो।”

लूकाको सुसमाचार 1:39-55 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति