हारूनका छोराहरू मध्ये दुइ जना परमप्रभुलाई धूप चढाउँदै गर्दा मरे। त्यस समयपछि परमप्रभुले मोशालाई भन्नुभयो। परमप्रभुले भन्नुभयो, “तेरो दाज्यू हारूनलाई भन। उसलाई सम्झाऊ उसको इच्छा अनुसार जतिबेला चाह्यो त्यतिबेला पर्दा पछाडी महा-पवित्रस्थान जहाँ पवित्र सन्दूक राखिएको छ त्यहाँ कहिले पनि नजाऊन। यस पवित्र सन्दूकमाथि भएको कृपा-आसन छ अनि म त्यो कृपा-आसनमाथि बादलमा दर्शन दिन्छु। यदि हारून त्यस कोठामा गए ऊ मर्न सक्छ। “महा-पवित्रस्थान भित्र पस्नु भन्दाअघि हारूनले यसै गर्नु पर्छ। हारूनले पापबलिको निम्ति एउटा साँढे र होमबलिको निम्ति एउटा भेंडा चढाउँनु पर्छ। हारूनले आफ्नो सारा शरीर पानीले पखाल्नु पर्छ। तब उसले यी वस्त्रहरू धारण गर्नुपर्छः उसले लिनिनको पवित्र वस्त्र धारण गर्नु पर्छ। उसले लिनिनको भित्री लुगाहरू पनि लगाउनु पर्छ। उसले आफ्नो टाउकोमा लिनिनको फेटा र कम्मरमा लिनिनको पटुका कस्नु पर्छ। यी वस्त्रहरू पवित्र हुन्। “हारूनले दुइवटा पाठाहरू पापबलिको निम्ति लानु पर्छ अनि एउटा भेडी होमबलिको निम्ति इस्राएलका मानिसहरूबाट लिनु पर्छ। तब हारूनले पापबलिको निम्ति साँढे चढाउनु पर्छ। पापबलि ऊ आफ्नै निम्ति हो। हारून आफ्नो परिवार र आफैंई पवित्र पार्नु उसले यसो गर्नु पर्छ। “तब हारूनले दुइवटा बोकाहरू भेट हुने पालको ढोकामा परमप्रभुअघि ल्याउनु पर्छ। हारूनले ती दुइवटा बोकाहरू माझ चिठ्ठा लगाउँछ, एउटा परमप्रभुको निम्ति हुन्छ र अर्को मानिसहरूको दोष निवारणको निम्ति छाडा छोड्नु पर्छ। “चिठ्ठामा परेको बोकालाई हारूनले पापबलिको निम्ति परमप्रभुलाई चढाउनेछ। दोष निवारणको निम्ति चिठ्ठा परेको बोकालाई हारूनले परमप्रभुअघि ल्याई मरुभूमिमा खुला छाडिदिनेछ। यो मानिसहरूलाई शुद्ध बनाउनको लागि हो। “त्यसपछि हारूनले आफ्नो निम्ति पापबलि का लागि साँढे चढाउँछ, उसले आफ्नो परिवार र आफूलाई पवित्र पार्छ। उसले आफ्नो पापबलिको निम्ति साँढे मार्नुपर्छ। त्यसपछि परमप्रभुको अघि वेदीबाट हारूनले पर्दाको पछि कोठामा कोइला भरेको कराही ल्याउनु पर्छ अनि उसले धुलो पारेर पिंधेको दुइ मुठ्ठी सुगन्धित धूप ल्याउनुपर्छ। परमप्रभुअघि उसले धूप आगोमा हाल्नु पर्छ। तब धूपको धूवाँले करारमाथि विशेष आवरणको रूपमा ढाक्ने छ। यस प्रकार हारून मर्ने छैन। ऊ साँढेको केही रगत औंलाले लिन्छ अनि यसलाई विशेष आवरणमाथि छर्कन्छ। उसले आफ्नो औंलोले रगत विशेष आवरणअघि सात पटक छर्कने छ।
लेवीहरूको पुस्तक 16 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लेवीहरूको पुस्तक 16:1-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू