लेवीहरू 16:1-14
लेवीहरू 16:1-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हारूनका दुई छोराहरू परमप्रभुको नजिक गएर मरेपछि परमप्रभुले मोशासित कुरा गर्नुभयो। परमप्रभुले मोशालाई भन्नुभयो, तेरो दाजु हारूनलाई सन्दूकमाथि भएको कृपा-आसनको सामुन्ने पर्दाभित्र महा-पवित्रस्थानमा मनपरी नआओस् भन्। नत्रता त्यो मर्ला, किनभने म कृपा-आसनमाथि बादलमा देखा पर्छु। “हारून पवित्रस्थानमा यसरी बस्नुपर्छ: त्यो पापबलिको निम्ति एउटा साँढ़े र होमबलिको निम्ति एउटा भेड़ा लिएर आओस्। सूती कपड़ाको पवित्र लबेदा, सूती कपड़ाको भित्री वस्त्र, सूती कपड़ाको पटुका, र सूती कपड़ाको फेटा पहिरेर आओस्। ती पवित्र लुगा हुन्। यसकारण त्यसले पानीमा नुहाएर मात्र ती लगाओस्। त्यसले इस्राएलीहरूको समुदायबाट पापबलिको निम्ति दुई वटा बोका र होमबलिको निम्ति एउटा भेड़ा ल्याओस्। “त्यसपछि हारूनले आफ्नो पापबलिको निम्ति साँढ़े चढ़ाओस्, र आफ्नो र आफ्नो घरानाको निम्ति प्रायश्चित गरोस्। तब त्यसले ती दुवै बोकाहरू लिएर भेट हुने पालको ढोकामा परमप्रभुको सामु राखिदेओस्। त्यसपछि हारूनले दुवै बोकामा चिट्ठा हालोस्, एउटा परमप्रभुको निम्ति र अर्कोचाहिँ छाड़ा छोडिने बोकाको निम्ति। चिट्ठामा परमप्रभुको भागमा परेको बोकाचाहिँ हारूनले नजिक ल्याएर पापबलिको निम्ति त्यो चढ़ाओस्। तर चिट्ठामा छाड़ा छोड्ने बोकाको भागमा परेको बोकाचाहिँ जिउँदै परमप्रभुको सामुन्ने ल्याइओस्, र त्यसपछि त्यो प्रायश्चित गर्नलाई छाड़ा हुन उजाड़-स्थानमा पठाइओस्। “हारूनले आफ्नो पापबलिको साँढ़े ल्याओस्, अनि आफ्नो र आफ्नो घरानाको निम्ति प्रायश्चित गरोस्। त्यसले आफ्नो पापबलिको निम्ति साँढ़े मारोस्। त्यसले परमप्रभुको सामुन्नेको वेदीबाट आगोका फिलिङ्गाहरूले भरिएको धुपौरो र मसिनो गरी कुटेको सुगन्धित धूप मुट्ठीभरि लिएर पर्दाभित्र ल्याओस्। त्यसले परमप्रभुको सामुन्नेको आगोमा धूप हालोस्, र धूपको धूवाँले गवाहीको सन्दूकमाथि भएको कृपा-आसनलाई छोपोस्, नत्रता त्यो मर्नेछ। त्यसपछि त्यसले साँढ़ेको रगतबाट केही लिएर आफ्नो औँलाले कृपा-आसनमाथि छर्कोस्, अनि कृपा-आसनको सामुन्ने आफ्नो औँलाले त्यो रगत सात पल्ट छर्कोस्।

लेवीहरू 16:1-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हारूनका दुई छोराहरू याहवेहको नजिक जाँदा मृत्यु भएपछि याहवेह मोशासित बोल्नुभयो, याहवेहले मोशालाई भन्नुभयो: “तेरो दाजु हारूनलाई भन्, त्यसलाई मन लागेको जुनसुकै बेला सन्दुकमाथि भएको पाप समाधान-स्थानको सामु पर्दाको पछाडिको महा-पवित्रस्थानमा नआओस्, नत्रता त्यो मर्नेछ। किनकि पाप समाधान-स्थानमाथि म बादलमा देखा पर्नेछु। “हारूनले महा-पवित्रस्थानमा यसरी प्रवेश गर्नुपर्छ: त्यसले पाप शुद्धीकरण बलिका लागि एउटा बाछा र होमबलिका निम्ति एउटा भेडा लिएर आओस्। त्यसले पवित्र सुती लबेदा र भित्री पोशाकहरू लगाओस्। त्यसले आफ्नो चारैतिर सुती पटुका बाँधोस्, र सुती फेटा लगाओस्। यी पोशाकहरू पवित्र हुन्। यसैकारण त्यसले आफूलाई पानीले नुहाएर मात्र ती लगाओस्। त्यसले इस्राएली समुदायबाट पाप शुद्धीकरण बलिका निम्ति दुई वटा बोकाहरू र होमबलिका निम्ति एउटा भेडा ल्याओस्। “त्यसपछि हारूनले आफ्नो पाप शुद्धीकरण बलिका निम्ति साँढे चढाओस्। अनि त्यसले आफ्नो र आफ्ना घरानाका निम्ति प्रायश्चित गरोस्। त्यसपछि त्यसले ती दुई बोकाहरू लिएर याहवेहको सामु भेट हुने पालको प्रवेशद्वारमा प्रस्तुत गरोस्। अनि हारूनले ती दुई बोकाहरूका लागि चिट्ठा हालोस्—एउटा चिट्ठा याहवेहका निम्ति र अर्को छाडा छोडिने बोकाको निम्ति। हारूनले याहवेहको निम्ति चिट्ठा परेको बोका ल्याएर त्यसलाई पाप शुद्धीकरण बलिको रूपमा चढाओस्। तर छाडा छोडिने बोकाको निम्ति चिट्ठा परेको बोकालाई छाडा बनिनको निम्ति मरुभूमिमा पठाएर प्रायश्चित गर्नलाई जिउँदै याहवेहको सामु प्रस्तुत गरोस्। “हारूनले आफ्नो पाप शुद्धीकरण बलिको साँढे ल्याओस्। अनि आफू र आफ्ना घरानाका निम्ति प्रायश्चित गरोस्। अनि त्यसले आफ्नो पाप शुद्धीकरण बलिका निम्ति त्यस साँढेलाई मारोस्। त्यसले वेदीबाट बल्दैगरेको कोइलाले भरिएको धुपौरो र दुई मुठी मसिनो गरी पिँधेको सुगन्धित धूप याहवेहको सामु ल्याएर ती पर्दाको पछाडिपट्टि लैजाओस्। त्यसले याहवेहको सामु आगोमा धूप हालोस्। अनि धूपको धुवाँले साक्षी पाटीमाथि भएको पाप समाधान-स्थानलाई ढाकिदिनेछ, र त्यो मर्नेछैन। त्यसले त्यस साँढेको रगतबाट केही लिएर आफ्नो औँलाले पाप समाधान-स्थानको सामु छर्कोस्। अनि त्यसले त्यसको केही भाग औँलाले पाप समाधान-स्थानको अगिल्तिर सात चोटि छर्कोस्।
लेवीहरू 16:1-14 पवित्र बाइबल (NERV)
हारूनका छोराहरू मध्ये दुइ जना परमप्रभुलाई धूप चढाउँदै गर्दा मरे। त्यस समयपछि परमप्रभुले मोशालाई भन्नुभयो। परमप्रभुले भन्नुभयो, “तेरो दाज्यू हारूनलाई भन। उसलाई सम्झाऊ उसको इच्छा अनुसार जतिबेला चाह्यो त्यतिबेला पर्दा पछाडी महा-पवित्रस्थान जहाँ पवित्र सन्दूक राखिएको छ त्यहाँ कहिले पनि नजाऊन। यस पवित्र सन्दूकमाथि भएको कृपा-आसन छ अनि म त्यो कृपा-आसनमाथि बादलमा दर्शन दिन्छु। यदि हारून त्यस कोठामा गए ऊ मर्न सक्छ। “महा-पवित्रस्थान भित्र पस्नु भन्दाअघि हारूनले यसै गर्नु पर्छ। हारूनले पापबलिको निम्ति एउटा साँढे र होमबलिको निम्ति एउटा भेंडा चढाउँनु पर्छ। हारूनले आफ्नो सारा शरीर पानीले पखाल्नु पर्छ। तब उसले यी वस्त्रहरू धारण गर्नुपर्छः उसले लिनिनको पवित्र वस्त्र धारण गर्नु पर्छ। उसले लिनिनको भित्री लुगाहरू पनि लगाउनु पर्छ। उसले आफ्नो टाउकोमा लिनिनको फेटा र कम्मरमा लिनिनको पटुका कस्नु पर्छ। यी वस्त्रहरू पवित्र हुन्। “हारूनले दुइवटा पाठाहरू पापबलिको निम्ति लानु पर्छ अनि एउटा भेडी होमबलिको निम्ति इस्राएलका मानिसहरूबाट लिनु पर्छ। तब हारूनले पापबलिको निम्ति साँढे चढाउनु पर्छ। पापबलि ऊ आफ्नै निम्ति हो। हारून आफ्नो परिवार र आफैंई पवित्र पार्नु उसले यसो गर्नु पर्छ। “तब हारूनले दुइवटा बोकाहरू भेट हुने पालको ढोकामा परमप्रभुअघि ल्याउनु पर्छ। हारूनले ती दुइवटा बोकाहरू माझ चिठ्ठा लगाउँछ, एउटा परमप्रभुको निम्ति हुन्छ र अर्को मानिसहरूको दोष निवारणको निम्ति छाडा छोड्नु पर्छ। “चिठ्ठामा परेको बोकालाई हारूनले पापबलिको निम्ति परमप्रभुलाई चढाउनेछ। दोष निवारणको निम्ति चिठ्ठा परेको बोकालाई हारूनले परमप्रभुअघि ल्याई मरुभूमिमा खुला छाडिदिनेछ। यो मानिसहरूलाई शुद्ध बनाउनको लागि हो। “त्यसपछि हारूनले आफ्नो निम्ति पापबलि का लागि साँढे चढाउँछ, उसले आफ्नो परिवार र आफूलाई पवित्र पार्छ। उसले आफ्नो पापबलिको निम्ति साँढे मार्नुपर्छ। त्यसपछि परमप्रभुको अघि वेदीबाट हारूनले पर्दाको पछि कोठामा कोइला भरेको कराही ल्याउनु पर्छ अनि उसले धुलो पारेर पिंधेको दुइ मुठ्ठी सुगन्धित धूप ल्याउनुपर्छ। परमप्रभुअघि उसले धूप आगोमा हाल्नु पर्छ। तब धूपको धूवाँले करारमाथि विशेष आवरणको रूपमा ढाक्ने छ। यस प्रकार हारून मर्ने छैन। ऊ साँढेको केही रगत औंलाले लिन्छ अनि यसलाई विशेष आवरणमाथि छर्कन्छ। उसले आफ्नो औंलोले रगत विशेष आवरणअघि सात पटक छर्कने छ।
लेवीहरू 16:1-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हारूनका दुई छोराहरू, जो परमप्रभुलाई अपवित्र आगो चढाउँदा मारिएका थिए, तिनीहरूको मृत्यु भएपछि परमप्रभु मोशासित बोल्नुभयो। उहाँले भन्नुभयो, “तेरो दाजु हारूनलाई भन् कि त्यो उचित समयमा मात्र पर्दापछाडि भएको महा-पवित्रस्थानमा जाओस् किनभने त्यहाँ म करारको सन्दुकको कृपा-आसनमाथि बादलभित्र देखापर्नेछु। यो आज्ञा मानेन भने त्यो मारिनेछ। पापबलिको निम्ति एउटा साँढे र होमबलिको निम्ति एउटा साँढ-भेडा ल्याएपछि मात्र त्यो महा-पवित्रस्थानमा पसोस्।” तब परमप्रभुले यी आदेशहरू दिनुभयो, हारून महा-पवित्रस्थानमा जानुभन्दा अघि त्यसले स्नान गरेर पूजाहारीका वस्त्रहरू: मिहिन सुती कपडाको लबेदा, छोटो सुरुवाल, पटुका र फेटा पहिरनुपर्छ। इस्राएली जन-समूहले पापबलिको निम्ति एक जोर बोका र होमबलिको निम्ति एउटा साँढ-भेडा दिनेछन्। त्यसले आफ्नो र आफ्ना परिवारको पाप काट्नलाई एउटा साँढे बलि चढाओस्। त्यसपछि त्यसले एक जोर बोका परमप्रभुको पवित्र पालको ढोकामा लैजाओस्। त्यहाँ त्यसले दुई ढुङ्गाका गोटी बनाएर बोकोमाथि चिट्ठा हाल्ने एउटा ढुङ्गामा ‘परमप्रभुको निम्ति’ अनि अर्कोमा ‘एजाजेलको निम्ति’ भनेर चिन्ह लगाओस्। चिट्ठा हालेर परमप्रभुको निम्ति चुनिएको बोको हारूनले परमप्रभुलाई पापबलि चढाओस्। एजाजेलको निम्ति चुनिएको बोको जिउँदै परमप्रभुलाई चढाएर मानिसहरूका पाप काट्नको लागि एजाजेलको निम्ति उजाड-भूमिमा छोडिदेओस्। आफू र आफ्नो परिवारका निम्ति हारूनले साँढेको पापबलि चढाउँदा त्यसले वेदीबाट बल्दैगरेको कोइलाले भरिएको एउटा धूपौरा र दुई मुट्ठी उत्तम धूप लिएर महा-पवित्रस्थानमा लैजाओस्। परमप्रभुको सामुन्ने त्यसले धूप आगोमाथि राखोस्। धूपको धूवाँले करारको सन्दुकको कृपा आसनलाई ढाक्नेछ र त्यसलाई देखेर हारून मर्नेछैन। त्यसले साँढेको अलिकता रगत लिएर आफ्नो औँलाले कृपा-आसनमाथि छर्कनेछ र करारको सन्दुकको अघिपट्टि सातपल्ट छर्कनेछ।