हारूनका दुई छोराहरू, जो परमप्रभुलाई अपवित्र आगो चढाउँदा मारिएका थिए, तिनीहरूको मृत्यु भएपछि परमप्रभु मोशासित बोल्नुभयो। उहाँले भन्नुभयो, “तेरो दाजु हारूनलाई भन् कि त्यो उचित समयमा मात्र पर्दापछाडि भएको महा-पवित्रस्थानमा जाओस् किनभने त्यहाँ म करारको सन्दुकको कृपा-आसनमाथि बादलभित्र देखापर्नेछु। यो आज्ञा मानेन भने त्यो मारिनेछ। पापबलिको निम्ति एउटा साँढे र होमबलिको निम्ति एउटा साँढ-भेडा ल्याएपछि मात्र त्यो महा-पवित्रस्थानमा पसोस्।” तब परमप्रभुले यी आदेशहरू दिनुभयो, हारून महा-पवित्रस्थानमा जानुभन्दा अघि त्यसले स्नान गरेर पूजाहारीका वस्त्रहरू: मिहिन सुती कपडाको लबेदा, छोटो सुरुवाल, पटुका र फेटा पहिरनुपर्छ। इस्राएली जन-समूहले पापबलिको निम्ति एक जोर बोका र होमबलिको निम्ति एउटा साँढ-भेडा दिनेछन्। त्यसले आफ्नो र आफ्ना परिवारको पाप काट्नलाई एउटा साँढे बलि चढाओस्। त्यसपछि त्यसले एक जोर बोका परमप्रभुको पवित्र पालको ढोकामा लैजाओस्। त्यहाँ त्यसले दुई ढुङ्गाका गोटी बनाएर बोकोमाथि चिट्ठा हाल्ने एउटा ढुङ्गामा ‘परमप्रभुको निम्ति’ अनि अर्कोमा ‘एजाजेलको निम्ति’ भनेर चिन्ह लगाओस्। चिट्ठा हालेर परमप्रभुको निम्ति चुनिएको बोको हारूनले परमप्रभुलाई पापबलि चढाओस्। एजाजेलको निम्ति चुनिएको बोको जिउँदै परमप्रभुलाई चढाएर मानिसहरूका पाप काट्नको लागि एजाजेलको निम्ति उजाड-भूमिमा छोडिदेओस्। आफू र आफ्नो परिवारका निम्ति हारूनले साँढेको पापबलि चढाउँदा त्यसले वेदीबाट बल्दैगरेको कोइलाले भरिएको एउटा धूपौरा र दुई मुट्ठी उत्तम धूप लिएर महा-पवित्रस्थानमा लैजाओस्। परमप्रभुको सामुन्ने त्यसले धूप आगोमाथि राखोस्। धूपको धूवाँले करारको सन्दुकको कृपा आसनलाई ढाक्नेछ र त्यसलाई देखेर हारून मर्नेछैन। त्यसले साँढेको अलिकता रगत लिएर आफ्नो औँलाले कृपा-आसनमाथि छर्कनेछ र करारको सन्दुकको अघिपट्टि सातपल्ट छर्कनेछ।
लेवी 16 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लेवी 16:1-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू