परमप्रभु भन्नु हुन्छ: “अहिले पनि तिमीहरू सम्पूर्ण हृदयले उपवास बसेर रूँदै र शोक गर्दै मतिर फर्क। लुगा होइन, तिमीहरू को हृदय फटएर रोऊ।” परमप्रभु तिमीहरूका परमेश्वरकहाँ फर्केर आऊ। उहाँ दयालु अनि करूणामय हुनुहुन्छ। उहाँ चाँडै रिसाउनु हुन्न। उहाँ को प्रेम महान छ, दण्ड दिने बिषयमा उहाँले जो निर्णय लिनु भएको छ त्यो उहाँले परिवर्तन गर्न सक्नु हुछ। कसले जान्दछ, हुनसक्छ परमप्रभुले आफ्नो मन बद्लीन सक्नु हुन्छ। यो पनि हुनसक्छ उहाँले तिमीहरूलाई आशिष दिनुहुन्छ। अनि फेरि तिमीहरूले परमप्रभु तिमीहरूका परमेशवरलाई अन्नबलि र अर्घबलि चढाउन योग्यका हुने छौ। सियोनमा तुरहि फुक, महा-पबित्र सभा बोलाऊ। उपवासको विशेष समयलाई बोलाऊ। मानिसलाई भेला गर। त्यो विशेष सभाकोलागि उनीहरूलाई बोलाऊ। तिमीले बूढा-प्रधानहरू अनि नानीहरूलाई भेला गर। त्यो दुधे-बालकलाई पनि लिएर आऊ, नयाँ दुलहा-दुलहीलाई सिधै तिनीहरूको कोठाबाट बोलाऊ। पूजाहारीहरू, परमप्रभुका सेवकहरू मन्दिरको दलान वेदीको बिचमा रहुन्। तिनीहरूले भनुन्, “हे परमप्रभु तपाईका मानिहरूलाई दया देखाउनुहोस्। तपाईंका मानिसलाई लज्जित हुन नदिनु होस्। तिनीहरूलाई राष्ट्रहरूको बिचमा हाँसोको पात्र नबनाउनु होस्। तपाँईंले अन्य देशहरूलाई हाँस्दै भन्ने अवसर नदिनुहोस्, ‘तिनीहरूका परमेश्वर कहाँ हुनुहुन्छ?’”
योएलको पुस्तक 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: योएलको पुस्तक 2:12-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू