YouVersion लोगो
खोज आइकन

योएल 2:12-17

योएल 2:12-17 NCV

“अहिले पनि,” याहवेह घोषणा गर्नुहुन्छ, “तिमीहरूको सारा हृदयले, उपवास बसेर रुँदै र विलाप गर्दै मतिर फर्क।” तिमीहरूको कपडा होइन, तर आफ्नो हृदय फटाओ। अनि याहवेह तिमीहरूका परमेश्‍वरतिर फर्क; किनकि उहाँ अनुग्रही र कृपालु हुनुहुन्छ, रिसाउनमा ढिला र प्रेममा भरिपूर्ण हुनुहुन्छ; अनि विपत्ति ल्याउने कुरामा पुनर्विचार गर्नुहुन्छ। कसले जान्दछ र? उहाँ फर्केर पुनर्विचार गर्नुहोला; र प्रशस्त आशिष् दिनुहोला, अनि तिमीहरूले आफ्ना परमेश्‍वर याहवेहको निम्ति फेरि अन्‍नबलि र अर्घबलिहरू चढाउन सकौला। सियोन पर्वतमा तुरही फुक, र पवित्र उपवासको घोषणा गर; पवित्र महासभा बोलाओ। मानिसहरू भेला गर, महासभालाई शुद्ध गर; बुढापाकाहरूलाई एकसाथ जम्मा गर, र केटाकेटीहरूलाई भेला गर; अनि दुधे बालकहरूलाई पनि जम्मा गर। दुलहाले आफ्नो कोठा छोडोस् र दुलहीले पनि आफ्नो भित्री कोठा छोडोस्। याहवेहको सामु सेवा गर्ने पुजारीहरू, मन्दिरको दलान र वेदीको बीचमा बसेर विलाप गरून्। तिनीहरूले भनून्, “हे याहवेह, तपाईंका मानिसहरूलाई बचाउनुहोस्। तपाईंको आफ्नो उत्तराधिकारलाई गिल्‍लाको पात्र बन्‍न नदिनुहोस्, राष्ट्रहरूका बीचमा उपहासको उखान नबनोस्। मानिसहरूले किन यसो भन्‍ने मौका पाउन्, ‘तिनीहरूका परमेश्‍वर कहाँ छन्?’ ”

योएल 2 पढ्नुहोस्

योएल 2:12-17 को लागि पद छवि

योएल 2:12-17 - “अहिले पनि,” याहवेह घोषणा गर्नुहुन्छ,
“तिमीहरूको सारा हृदयले,
उपवास बसेर रुँदै र विलाप गर्दै मतिर फर्क।”

तिमीहरूको कपडा होइन,
तर आफ्नो हृदय फटाओ।
अनि याहवेह तिमीहरूका परमेश्‍वरतिर फर्क;
किनकि उहाँ अनुग्रही र कृपालु हुनुहुन्छ,
रिसाउनमा ढिला र प्रेममा भरिपूर्ण हुनुहुन्छ;
अनि विपत्ति ल्याउने कुरामा पुनर्विचार गर्नुहुन्छ।
कसले जान्दछ र? उहाँ फर्केर पुनर्विचार गर्नुहोला;
र प्रशस्त आशिष् दिनुहोला,
अनि तिमीहरूले आफ्ना परमेश्‍वर याहवेहको निम्ति
फेरि अन्‍नबलि र अर्घबलिहरू चढाउन सकौला।

सियोन पर्वतमा तुरही फुक,
र पवित्र उपवासको घोषणा गर;
पवित्र महासभा बोलाओ।
मानिसहरू भेला गर,
महासभालाई शुद्ध गर;
बुढापाकाहरूलाई एकसाथ जम्मा गर,
र केटाकेटीहरूलाई भेला गर;
अनि दुधे बालकहरूलाई पनि जम्मा गर।
दुलहाले आफ्नो कोठा छोडोस्
र दुलहीले पनि आफ्नो भित्री कोठा छोडोस्।
याहवेहको सामु सेवा गर्ने पुजारीहरू,
मन्दिरको दलान र वेदीको बीचमा बसेर विलाप गरून्।
तिनीहरूले भनून्, “हे याहवेह, तपाईंका मानिसहरूलाई बचाउनुहोस्।
तपाईंको आफ्नो उत्तराधिकारलाई गिल्‍लाको पात्र बन्‍न नदिनुहोस्,
राष्ट्रहरूका बीचमा उपहासको उखान नबनोस्।
मानिसहरूले किन यसो भन्‍ने मौका पाउन्,
‘तिनीहरूका परमेश्‍वर कहाँ छन्?’ ”