अय्यूबको पुस्तक 25
25
बिल्ददले अय्यूबलाई जवाफ दिंदछ
1तब शुहबाट आएका बिल्ददले जवाफ दिएः
2“परमेश्वर शासक हुनु हुन्छ।
उहाँले मानिसहरूलाई त्रासित पार्नुहुन्छ र तिनीहरूले उहाँलाई आदर गर्छन्।
उहाँले माथि आफ्नो स्वर्गिय राज्यमा शान्ति कायम राख्नु हुन्छ।
3परमेश्वरले सबै मानिसहरूको निम्ति सूर्य उदय गराउनु हुन्छ।
कसैले पनि उहाँका ताराहरूलाई गन्न सक्दैनन्।
4परमेश्वरको तुलनामा कोही मानिस पनि धर्मी मानिन सकिँदैन।
कुनै पनि मानिस कहिल्यै साँच्चो शिद्ध हुन सक्तैन।
5परमेश्वरको दृष्टिमा, जुन पनि शुद्ध र चम्किलो छैन,
अनि ताराहरू पनि शुद्ध छैनन्।
6मानिसहरू कम्ती नै शुद्ध हुन्छन्,
मानिसहरू कीराहरू जस्ता हुन,
मानिसहरू महत्वहीन कीराहरू जस्ता छन।”
अहिले सेलेक्ट गरिएको:
अय्यूबको पुस्तक 25: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International