अय्यूबको पुस्तक 24
24
1“यो यस्तो कि सर्वशक्तिमान परमेश्वरबाट केही पनि लुकेको हुँदैन,
तर को आँउदैछ भनेर उनका अनुवाईहरूलाई थाहा हुँदैन।
2“मानिसले आफ्नो जमीन बढाउन सिमाना सार्छन्,
अनि अर्काको बगाल चोरेर टाढा खर्कमा चराउँछन्।
3तिनीहरूले टुहुरा-टुहुरी नानीहरूको गधा चोर्छन।
तिनीहरूले विधवाको गाई खोसेर लैजान्छ, जबसम्म उसले ऋण तिर्न सक्तिनँ।
4तिनीहरूले गरीब मानिसहरूलाई घरविहीन पार्छन्।
तिनीहरूले गरीब मानिसहरूलाई एक ठाउँबाट अर्को ठाँउ घुमि हिँड्न बाध्य गराउँछन्।
सबै गरीब मानिसहरूलाई तिनीहरूबाट लुक्ने बनाउँछन्।
5“गरीब मानिसहरू जङ्गली गधाहरू जस्तै आहारको खोजीमा मरुभूमिमा घुमिरहेका छन।
भोजनको खोजीमा तिनीहरू विहानै उठ्छन् अनि आफ्ना नानीहरूको भोजनको लागि अँध्यारो नहुन्जेलसम्म काम गर्छन्।
6गरीब मानिसहरू रात अबेरसम्म खेतमा पराल काटिरहन्छन्
अनि खेतमा धनी मानिसहरूको लागि दाख टिपिरहन्छन्।
7गरीब मानिसहरू ओढ्ने लुगाहरू नभएकोले जाडोको रातमा पनि नाङ्गै सुत्नु पर्छ।
जाडोबाट जोगिनँ तिनीहरूसित केही हुँदैन्।
8तिनीहरू पर्वतहरूमा बर्षाले निथ्रुक्क भिज्छन्।
चट्टानहरूको ओडारमा लुक्नु बाहेक तिनीहरूको जाडोदेखि जोगीने कुनै उपाय छैन।
9खराब मानिसहरूले बाबु नभएका नानीहरूलाई आमाबाट खोसेर लान्छन।
तिनीहरूले गरीबका नानीहरूलाई ऋणको बन्धक राख्न लैजान्छन्।
10गरीब मानिसहरूसँग लगाउने पोषाकहरू छैन यसैले तिनीहरू नाङ्गै छन्।
तिनीहरूले अन्नका भारीहरू दुष्ट मानिसहरूका लागि बोक्छन् तर तिनीहरू भने सधैँ भोको हुन्छन्।
11गरीब मानिसहरूले भद्रक्षको तेल निचोरेर निकाल्छन्।
मद्य बनाउनका लागि तिनीहरूले दाखहरू पेल्छन। तर तिनीहरूसँग पिउने पदार्थ केही हुँदैन
12शहरमा तिमीहरूले मर्न लागेका मानिसहरूको कोलाहल सुन्न सक्छौ।
ती पीडित मानिसहरू गुहार माग्दै चिच्याउँछन् तर परमेश्वरले सुन्नुहुन्न।
13“कतिपय मानिसहरूले प्रकाशको विरूद्ध विद्रोह गर्छन।
तिनीहरू जान्दैनन् परमेश्वर के चाहनुहुन्छ।
तिनीहरू परमेश्वरले चाहेको बाटोमा जीउन चाहँदैनन्।
14हत्यारा बिहान छिट्टै उठ्दछ, अनि गरीबहरूलाई मार्छ, असहाय मानिसहरूलाई मार्छ।
अनि रातमा त्यो चोर हुन्छ।
15एक व्यभिचारीले रातको प्रतीक्षा गर्छ।
उसले सोच्छ, ‘कसैले पनि मलाई देख्न सक्तैन।’
तरै पनि, उसले आफ्नो अनुहार छोप्छ।
16जब अन्धकार हुन्छ, दुष्ट मानिसहरू बाहिर निस्कन्छन,
अनि मानिसहरूको घरहरू फोर्छन्।
तर दिनको उज्यालोमा तिनीहरूले स्वयंलाई आफ्नो घरमा बन्द गरेर राख्दछ
अनि प्रकाशलाई मन पराउँदैन।
17ती दुष्ट मानिसहरूका लागि अँध्यारो बिहान जस्तै हो।
हो, तिनीहरू डरलाग्दो अँध्यारो रात मन पराउँछन्।
18“तर दुष्ट मानिसहरू त्यसरी लगिन्छ जसरी बाढीले समानहरू बगाएर लान्छन्।
तिनीहरूको भूमि श्रापित रहन्छन, यसकारण तिनीहरूले खेतबाट दाख थुपार्न सक्तैनन।
19तिनीहरूको निम्ति हिउँदको हिउँबाट पानी आउँछ तर गरमको सुख्खा मौसमले सुकाइदिन्छ।
अनि ती पापीहरू चिहानमा लगिन्छन्।
20त्यो दुष्ट मानिस मर्छ र उसकै आमाले पनि उसलाई बिर्सिन्छे।
कीराहरू उसको प्रियसी हुन्छन् जसले शरीर खान्छन्।
मानिसहरूले उसलाई सम्झने छैनन्।
त्यो दुष्ट मानिस कुहेको लट्ठी जस्तै भाँचिएको छ।
21दुष्ट मानिसहरूले नानी जन्माउन नसक्ने स्त्रीहरूलाई कष्ट दिन्छन्।
अनि लोग्ने मरेका स्त्रीहरूलाई तिनीहरूले सहयोग गर्दैनन्।
22दुष्ट मानिसहरूले शक्तिशाली मानिसहरूलाई नाश गर्न आफ्ना शक्ति चलाउँछन्।
दुष्ट मानिसहरू शक्तिशाली हुनसक्लान् तर तिनीहरू आफ्नै जीवनमा पक्का हुन सक्तैनन्।
23दुष्ट मानिसहरूले क्षणिक समयको लागि आफूलाई सुरक्षित पार्न सक्छन्।
उसले आफैंमाथि विश्वासमा राख्छ अनि आफ्नो बाटो होशियारी साथ हेर्छन्।
24नराम्रा मानिसहरू केही क्षणको लागि सफल हुन सक्लान, तर तिनीहरू पछि खतम हुनेछन।
तिनीहरू बाली काटे जस्तै काटिन्छन्।
25“म कसम खान्छु कि ती कुराहरू सत्य हुन्।
कसले प्रमाणित गर्ला मैले ढाँटे भनेर?
कसले देखाउन सक्छ म गल्ती छु भनेर?”
अहिले सेलेक्ट गरिएको:
अय्यूबको पुस्तक 24: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International