YouVersion लोगो
खोज आइकन

अय्यूबको पुस्तक 2:9-10

अय्यूबको पुस्तक 2:9-10 NERV

अय्यूबको पत्नीले उसलाई भनी, “अझ तपाईं परमेश्वरप्रति ईमान्दार हुनुहुन्छ? किन तपाईं परमेश्वरलाई सरापेर मर्नु हुन्न!” अय्यूबले आफ्नो पत्नीलाई जवाफ दिए, “तिमी एक मूर्ख आईमाई जस्तै बोल्दैछौ। परमेश्वरले हामीलाई असल कुराहरू दिनुभयो, अनि हामीले तिनीहरू ग्रहण गर्यौं। यसकारण हामीले सङ्कटहरू पनि ग्रहण गर्नुपर्छ।” नाना किसिमका घटनाहरू घटे। तर अय्यूबले पाप काम गरेनन्। उनले परमेश्वरको विरूद्ध बोलेनन्।