यूहन्नाको सुसमाचार 9:1-7

यूहन्नाको सुसमाचार 9:1-7 NERV

जब येशू हिंडिरहनु भएको थियो, उहाँले एकजना अन्धो मान्छेलाई देख्नु भयो। त्यो मान्छे जन्मैदेखि अन्धा थियो। येशूका चेलाहरूले सोधे, “गुरुज्यू यो मान्छे जन्मैदेखि अन्धो हो। कसको पापले उसलाई अन्धा जन्मायो? उसको आफ्नै पाप वा उसको माता-पिताको पाप?” येशूले उत्तर दिनुभयो, “यो न त उसको न त उसकी माताको पापहो जसले उसलाई अन्धा जन्माइन्। ऊ जन्मैदेखिको अन्धो हो ताकि उसलाई निको पारेर मानिसहरूलाई परमेश्वरको शक्ति देखाउन सकियोस्। अहिले जब दिनको समय छ हामीले उहाँको कामहरू गर्नु पर्छ जसले मलाई पठाउनु भयो। रात पर्न आँटेको छ। अनि कसैले पनि राती काम गर्दैन। जब म संसारमा छु, म संसारको ज्योति हूँ।” यसो भनिसकेर, येशूले भूँईंमा थुक्नु भयो र त्यसबाट केही माटोको हिलो बानाउनु भयो अनि येशूले त्यसलाई त्यस मानिसको आँखामा दलिदिनुभयो भयो। येशूले त्यस मानिसलाई भन्नुभयो, “जाऊ सिलोआमाको तलाउमा गएर पखाल।” (सिलोआमको अर्थ हुन्छ “पठाउनु”) तब त्यो मानिस तलाउमा गयो र धोयो। अब ऊ देख्ने लायकको भयो।