तब येशूलाई क्रूसमा झुण्ड्याएर मार्नु भनेर पिलातसले तिनीहरूलाई सुम्पे। सिपाहीहरूले येशूलाई लगे। येशूले आफ्नो क्रूस बोक्नु भयो अनि उहाँ “खोपडी ठाऊँ” तर्फ जानु भयो (हिब्रू भाषामा “गलगथा” भनिन्छ) गलगथामा येशूलाई क्रूसमा टाँगे। तिनीहरूले दुइजना मानिसहरू उहाँको दुइ पट्टि अनि येशूलाई बीचमा राखे। पिलातसले संकेत पटमा लेखे अनि क्रूसमा टाँसिदिए। त्यो संकेतपटमा लेखिएको थियो। “नासरतको येशू, यहूदीहरूका राजा।” पिलातसले त्यो हिब्रू ल्याटिन र ग्रीक भाषामा लेखेका थिए। धेरै यहूदीहरूले त्यो संकेतपट पढे किनभने क्रूसमा येशूलाई टाँगेको ठाउँदेखि शहर नजिकै थियो। यहूदीहरूका मुख्य पूजाहारीहरूले पिलातसलाई भने, “‘यहूदीहरूका राजा’ भनेर, नलेख्नु होस्, बरू लेख्नुहोस्, ‘यो मान्छेले भनेकोछ, म यहूदीहरूको राजा हुँ।’” पिलातसले उत्तर दिए, “मैले जे लेखें-लेखें, बद्ली गरिनेछैन।” क्रूसमा येशूलाई टाँगिसके पछि सिपाहीहरूले उहाँका वस्त्र उतारिदिए र त्यस वस्त्रलाई तिनीहरूले चार टुक्रमा च्याते, प्रत्येक सिपाहीले एक-एक गरेर पाए। तिनीहरूले कुर्ता सम्म खोलिदिए जो एउटै लुगाको टुक्रालाई माथि देखि तलसम्म सिलाएको थियो। यसर्थ सिपाहीहरूले आपसमा भने, “यसलाई हामीले भाग गर्न च्यात्नु हुँदैन। यसलाई चिट्ठा लगाऊ कसको नाउँमा पर्छ।” धर्मशास्त्रमा भने जस्तै त्यो हुनगयोः “तिनीहरूले आपसमा मेरा लुगाहरू बाँडे, अनि मेरो लुगामा चिट्ठा हाले।” सिपाहीहरूले त्यसै गरे। येशूकी आमा क्रूसकै नजिक उभिएकी थिइन। उहाँकी आमाको बहिनी, क्लोपासकी पत्नी पनि मरियमसँग उभिरहेकी थिइन्। मग्दलिनी मरियम पनि उभिरहेकी थिइन्। येशूले आफ्नी आमालाई देख्नु भयो। उहाँले ती उभिनेहरूमा आफ्ना चेलाहरूलाई पनि देख्नु भयो। उहाँले आफ्ना आमालाई भन्नु भयो, “हे प्रिय नारी तिम्रो पुत्र यहाँ छ।” त्यसपछि आफ्ना चेलालाई भन्नुभयो, “यहाँ तिम्रा आमा हुनुहुन्छ।” तब त्यसपछि, ती चेलाहरूले येशूकी आमालाई आफ्ना घरमा लगे। त्यसपछि, येशूले जान्नुभयो कि सबै कामहरू सिद्धियो। उहाँले धर्मशास्त्रमा लेखिएको सिद्ध होस् भनि भन्नुभयो, “मलाई तिर्खा लाग्यो।” त्यहाँ सिर्काले भरिएको एउट भाँडो थियो। यसर्थ सिपाहीहरूले स्पन्जमा त्यो सोसे र हिसप उद्भिदको हाँगामा त्यसलाई डुबाए। त्यसलाई तिनीहरूले येशूको मुख सम्म पुर्याईदिए। उहाँले सिर्का खानु भयो, स्वाद लिनु भयो। तब उहाँले भन्नुभयो “सिद्धियो।” येशूको शिर झुक्यो र उहाँले अन्तिम सास फेर्नु भयो।
यूहन्नाको सुसमाचार 19 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्नाको सुसमाचार 19:16-30
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू