YouVersion लोगो
खोज आइकन

यूहन्नाको सुसमाचार 1:1-11

यूहन्नाको सुसमाचार 1:1-11 NERV

संसार सृष्टि हुन पहिल्यै त्यहाँ वचन थियो। त्यो वचन परमेश्वरसँग थियो, अनि वचननै परमेश्वर हुनुहुन्थ्यो। उहाँको वचन शुरूमा परमेश्वसँग हुनुहुन्थ्यो। र उहाँकै माध्यमबाट विश्व सृजना हुन सक्यो। उहाँ बिना केही सृजना हुन सकेन। उहाँ स्वयं जीवन हुनुहुन्थयो। त्यो जीवन मानिसहरूको निम्ति ज्योति थियो। त्यो ज्योति अँध्यारोमा चम्कन्छ। अनि अन्धकारले ज्योतिलाई जित्न सक्दैन। परमेश्वरद्वारा पठाइएको यूहन्ना नाउँका एकजना मानिस थिए। यूहन्ना त्यही ज्योतिको विषयमा साक्षी दिन आएका थिए। उनकै माध्यमद्वारा मानिसहरूले ज्योति र विश्वासबारे जान्न-सुन्न पाए। यूहन्ना ज्योति थिएनन्, तर उनी ज्योतिको बारेमा साक्षी दिन आएका थिए। सत्य-ज्योति संसारमा आइरहकाछन् भनेर उनले बताई दिए। त्यो ज्योतिले सम्पूर्ण मानिसहरूलाई ज्योति दिनेछ। उहाँ संसारका हुनुहुन्थ्यो, संसार उहाँद्वारा हुन आयो, तर संसारले उहाँलाई चिनेन। उहाँ स्वयंले सृजना गरेको संसारमा आउनु भयो तर उहाँको आफ्नो मानिसहरूले उहाँलाई स्वीकार गरेनन्।