YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 1:1-11

यूहन्‍ना 1:1-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

आदिमा वचन हुनुहुन्‍थ्‍यो, वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो, अनि वचन परमेश्‍वर हुनुहुन्‍थ्‍यो। उहाँ आदिमा परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो। सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन। उहाँमा जीवन थियो, र त्‍यो जीवन मानिसहरूको ज्‍योति थियो। त्‍यो ज्‍योति अन्‍धकारमा चम्‍कन्‍छ, र अन्‍धकार त्‍यसमाथि विजयी भएको छैन। परमेश्‍वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्‍ना थियो। उनीद्वारा सबैले विश्‍वास गरून्‌ भनेर त्‍यस ज्‍योतिको गवाही दिन उनी साक्षी भई आए। उनी आफै त्‍यो ज्‍योति थिएनन्, तर त्‍यस ज्‍योतिको गवाही दिन आए। हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्‍योति संसारमा आउँदैहुनुहुन्‍थ्‍यो। उहाँ संसारमा हुनुहुन्‍थ्‍यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्‍नै मानिसहरूकहाँ आउनुभयो, तर उहाँका आफ्‍ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्‌।

शेयर गर्नुहोस्
यूहन्‍ना 1 पढ्नुहोस्

यूहन्‍ना 1:1-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

आदिमा वचन हुनुहुन्थ्यो र वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो। अनि वचन परमेश्‍वर हुनुहुन्थ्यो। आदिमा उहाँ परमेश्‍वरसँग हुनुहुन्थ्यो। सबै कुराहरू उहाँद्वारा बनिए; बनाइएका कुराहरूमध्ये कुनै पनि उहाँविना बनिएन। उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरूको ज्योति थियो। ज्योति अन्धकारमा चम्कन्छ, तर अन्धकारले त्यसलाई चिनेको छैन। परमेश्‍वरबाट पठाइएका एक जना मानिस आए। तिनको नाम यूहन्‍ना थियो। तिनीद्वारा सबै मानिसहरूले विश्‍वास गरून् भनेर तिनी त्यस ज्योतिको बारेमा साक्षी दिन भनी गवाही बनेर आएका थिए। तिनी आफैँ त्यो ज्योति थिएनन्, तर तिनी केवल त्यो ज्योतिको लागि गवाही दिन भनी पठाइए। हरेक मानिसलाई ज्योति दिनलाई, त्यो साँचो ज्योति संसारमा आउँदैहुनुहुन्थ्यो। उहाँ संसारमा हुनुहुन्थ्यो। अनि संसार उहाँद्वारा नै बनिएको थियो, तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो। तर उहाँका आफ्नैहरूले उहाँलाई ग्रहण गरेनन्।

शेयर गर्नुहोस्
यूहन्‍ना 1 पढ्नुहोस्

यूहन्‍ना 1:1-11 पवित्र बाइबल (NERV)

संसार सृष्टि हुन पहिल्यै त्यहाँ वचन थियो। त्यो वचन परमेश्वरसँग थियो, अनि वचननै परमेश्वर हुनुहुन्थ्यो। उहाँको वचन शुरूमा परमेश्वसँग हुनुहुन्थ्यो। र उहाँकै माध्यमबाट विश्व सृजना हुन सक्यो। उहाँ बिना केही सृजना हुन सकेन। उहाँ स्वयं जीवन हुनुहुन्थयो। त्यो जीवन मानिसहरूको निम्ति ज्योति थियो। त्यो ज्योति अँध्यारोमा चम्कन्छ। अनि अन्धकारले ज्योतिलाई जित्न सक्दैन। परमेश्वरद्वारा पठाइएको यूहन्ना नाउँका एकजना मानिस थिए। यूहन्ना त्यही ज्योतिको विषयमा साक्षी दिन आएका थिए। उनकै माध्यमद्वारा मानिसहरूले ज्योति र विश्वासबारे जान्न-सुन्न पाए। यूहन्ना ज्योति थिएनन्, तर उनी ज्योतिको बारेमा साक्षी दिन आएका थिए। सत्य-ज्योति संसारमा आइरहकाछन् भनेर उनले बताई दिए। त्यो ज्योतिले सम्पूर्ण मानिसहरूलाई ज्योति दिनेछ। उहाँ संसारका हुनुहुन्थ्यो, संसार उहाँद्वारा हुन आयो, तर संसारले उहाँलाई चिनेन। उहाँ स्वयंले सृजना गरेको संसारमा आउनु भयो तर उहाँको आफ्नो मानिसहरूले उहाँलाई स्वीकार गरेनन्।

शेयर गर्नुहोस्
यूहन्‍ना 1 पढ्नुहोस्

यूहन्‍ना 1:1-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

सृष्‍टि हुनुभन्दा अघि नै वचन हुनुहुन्‍थ्‍यो। वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो र वचन परमेश्‍वर नै हुनुहुन्‍थ्‍यो। उहाँ सृष्‍टि हुनुभन्दा अघि परमेश्‍वरसँगै हुनुहुन्‍थ्‍यो। वचनद्वारा नै परमेश्‍वरले सबै थोक सृष्‍टि गर्नुभयो। सृष्‍टि भएका कुनै थोक पनि उहाँबिना बनिएन। उहाँमा जीवन थियो र त्‍यही जीवन नै मानिसहरूको उज्‍यालो थियो। त्‍यो उज्‍यालो अन्‍धकारमा चम्‍कन्‍छ। अन्‍धकारले कहिल्‍यै पनि उज्यालोलाई निभाउन सकेन। परमेश्‍वरले यूहन्‍ना नाउँ गरेका एक जना मानिसलाई पठाउनुभयो। उनी साक्षीको रूपमा आए। सबै मानिसहरूले उज्‍यालोलाई चिनेर विश्‍वास गर्न सकून् भनी परमेश्‍वरले उनलाई पठाइदिनुभएको थियो। यूहन्‍ना आफैंचाहिँ त्‍यो उज्‍यालो थिएनन्, उनी उज्‍यालोलाई चिनाउन आएका थिए। त्‍यो उज्‍यालोचाहिँ संसारमा आई सबै मानिसलाई प्रकाश दिने साँचो उज्‍यालो हुनुहुन्‍छ। उहाँ संसारमा हुनुहुन्‍थ्‍यो। संसार उहाँद्वारा नै बनिएको थियो तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्‍नै मानिसहरूकहाँ आउनुभयो, तर ती मानिसहरूले उहाँलाई ग्रहण गरेनन्।

शेयर गर्नुहोस्
यूहन्‍ना 1 पढ्नुहोस्