YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 1:1-11

यूहन्‍ना 1:1-11 सरल नेपाली

सृष्‍टि हुनुभन्दा अघि नै वचन हुनुहुन्‍थ्‍यो। वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो र वचन परमेश्‍वर नै हुनुहुन्‍थ्‍यो। उहाँ सृष्‍टि हुनुभन्दा अघि परमेश्‍वरसँगै हुनुहुन्‍थ्‍यो। वचनद्वारा नै परमेश्‍वरले सबै थोक सृष्‍टि गर्नुभयो। सृष्‍टि भएका कुनै थोक पनि उहाँबिना बनिएन। उहाँमा जीवन थियो र त्‍यही जीवन नै मानिसहरूको उज्‍यालो थियो। त्‍यो उज्‍यालो अन्‍धकारमा चम्‍कन्‍छ। अन्‍धकारले कहिल्‍यै पनि उज्यालोलाई निभाउन सकेन। परमेश्‍वरले यूहन्‍ना नाउँ गरेका एक जना मानिसलाई पठाउनुभयो। उनी साक्षीको रूपमा आए। सबै मानिसहरूले उज्‍यालोलाई चिनेर विश्‍वास गर्न सकून् भनी परमेश्‍वरले उनलाई पठाइदिनुभएको थियो। यूहन्‍ना आफैंचाहिँ त्‍यो उज्‍यालो थिएनन्, उनी उज्‍यालोलाई चिनाउन आएका थिए। त्‍यो उज्‍यालोचाहिँ संसारमा आई सबै मानिसलाई प्रकाश दिने साँचो उज्‍यालो हुनुहुन्‍छ। उहाँ संसारमा हुनुहुन्‍थ्‍यो। संसार उहाँद्वारा नै बनिएको थियो तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्‍नै मानिसहरूकहाँ आउनुभयो, तर ती मानिसहरूले उहाँलाई ग्रहण गरेनन्।

यूहन्‍ना 1 पढ्नुहोस्