YouVersion लोगो
खोज आइकन

हिब्रूहरूको निम्ति पत्र 8:7-13

हिब्रूहरूको निम्ति पत्र 8:7-13 NERV

पहिलेको करारमा कुनै गल्ती नभएको भए दोस्रो करारको खाँचो पर्ने थिएन। तर परमेश्वरले मानिसहरूमा केही भूल भेट्टाउनुभयो। उहाँले भन्नुभयो, “समय आउँदैछ, जब म इस्राएलका मानिसहरूलाई, र यहूदाका मानिसहरूलाई एउटा नयाँ करार दिनेछु। यो करार त्यस्तो हुने छैन जस्तो मैले तिनका पुर्खाहरूलाई दिएँ। त्यो करार मैले दिएँ जब मैले तिनीहरूका हात पक्रेँ र मिश्रदेशबाट ल्याएँ। तर मैले दिएको करारको अनुशरण तिनले गरेनन् तब मैले तिनीहरूबाट आफ्नो मुख फर्काएँ, परमेश्वर भन्नुहुन्छ। म यो नयाँ करार इस्राएलका मानिसहरूलाई भविष्यमा दिनेछु, परमेश्वर भन्नुहुन्छ। म आफ्नो करार तिनका मनमा हालिदिनेछु, म आफ्नो करार तिनका हृदयमा लेखिदिनेछु। म तिनका परमेश्वर बन्नेछु, र ती मेरा प्रजाहरू बन्नेछन्। अब उप्रान्त कसैले आफ्ना सह-वासीलाई अथवा आफ्ना भाइ बहिनीले प्रभुलाई चिन्न सिकाउनु पर्दैन, किनकि सबै मानिसले चाहे ठूलाबढा होऊन् चाहे सानातिना होऊन् मलाई चिन्नेछन्। मेरो विरोधमा तिनीहरूले गल्ती कुराहरू गरे म क्षमा दिनेछु, अनि अब उप्रान्त म तिनका पापहरूको याद राख्ने छैन।” यसर्थ परमेश्वरले यसलाई नयाँ करार भन्नुभयो र पहिलोलाई पुरानो ठहर्याउनु भयो। अनि पुरानो र बेकार चाँडै हराएर जानेछ।